ताजा अपडेट »

नेपाल सम्वत ११४५ को स्वागतमा तिलोत्तमामा र्‍याली

शनिबार, १७ कार्तिक २०८१, १२ : ३२
170 Shares
शनिबार, १७ कार्तिक २०८१
170 Shares

बुटवल। नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४५  को स्वागतार्थ तिलोत्तमामा सनिबार बृहत भिन्तुना र्‍याली निकालिएको छ ।

भिमसेन नेवा समाज तिलोत्तमाको आहृवानमा तिलोत्तमा ३ पब्लिक पथ हुदै सुन्दर चोक पुगेर  शान्तिचोक हुदै  सगरमाथा प सम्म न्हुँ दया भिन्तुना र्‍याली निकालिएको हो ।नेपालीको महान पर्व तिहार ९दीपावली० अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनदेखि नेपाल सम्वत (नयाँ वर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक वर्ष निकालिने र्‍यालीलाई यस वर्ष पनि निरन्तरता दिइएको  समाजका सचिव सितुप्रसाद श्रेष्ठले बताए ।

र्‍यालीमा जीवित देवि कुमारी, पन्चकन्या साथमा परम्परागत नेवारी धिमेबाजा सहित  झाँकिसहित नेवारी समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।र्‍यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको व्यानर बोकेका थिए ।कार्यक्रममा नेवार समुदायका पुरुषले दौरा सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।