ताजा अपडेट »

हङकङ सुपर सिक्सेस : अष्ट्रेलियामाथि नेपालको शानदार जित

शनिबार, १७ कार्तिक २०८१, ०८ : १५
148 Shares
शनिबार, १७ कार्तिक २०८१
148 Shares

काठमाडौं । नेपालले ‘हङकङ सुपर सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो ।

अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक एक विकेट लिए । त्यसअघि नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको थियो। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । 

१६ बल खेलेका उनले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भए । यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए। अस्ट्रेलियका ज्याक हुडले २ विकेट लिए । पहिलो खेलमा नेपालले इ्रग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।

हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।