ताजा अपडेट »

द हङकङ सिक्सेस : इंग्ल्याण्डमाथि नेपालको सहज जित

शुक्रबार, १६ कार्तिक २०८१, ०८ : २९
272 Shares
शुक्रबार, १६ कार्तिक २०८१
272 Shares

काठमाडौं । द हङकङ सिक्सेस प्रतियोगिताको पहिलो खेलमा नेपालले इंग्ल्याण्डमाथि ६ विकेटको शानदार जित दर्ता गरेको छ ।

इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका कप्तान सन्दीप जोराले १२ बलमा आक्रमण अर्धसतक प्रहार गरे । उनी रिटायर्ड हर्ट भए । लोकेश बम २० र रसिद खान २१ रनमा अविजित रहे । यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ५ ओभर ५ बलमा ९७ रनमा अलआउट भएको थियो ।

इंग्ल्याण्डले एक बल बाँकी छदा सबै विकेट गुमाएर ९७ रन जोडेको थियो । बलिङमा नेपालका प्रतिश जिसीले सर्वाधिक २ विकेट लिएका थिए । नेपालले अब दोस्रो खेल अष्ट्रेलियासँग खेल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।