ताजा अपडेट »

बुटवलमा मोटरसाईकल र्याली तथा क्यालेण्डर बिमोचनसहित नेपाल सम्वत ११४५ मनाईने

विहीबार, १५ कार्तिक २०८१, १९ : ४५
48 Shares
विहीबार, १५ कार्तिक २०८१
48 Shares

बुटवल । नेपाल सम्वत ११४५ को स्वागतमा बुटवलमा विविध कार्यक्रम गरि मनाइने भएको छ । नेपाल सम्वत सबै नेपालीको साझा सम्बतका रुपमा चिनाउने गरि नेवा देय दबु नगर समितिको मुल आयोजनामा बुटवलका १० वटा खलपुचहरुको सहभागीतामा विहिबार दिउँसो वृहत मोटरसाईकल र्याली तथा शनिबार सम्मान, शुभकामना आदाप्रदान गरि मनाईने भएको हो । 

विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि समितिका अध्यक्ष गोपाल श्रेष्ठले सम्पुर्ण तयारी पूरा भएको बताए । शुक्रबार दिउँसो ४ बजे राजमार्ग चौराहाबाट शुरु हुने मोटरसाइकल र्याली बुटवल बजार परिक्रमा गरि योगिकुटी हुँदै देविनगरस्थित नेवा सेवा समितिको कार्यालयमा समापन गरिने उनले बताए । र्यालीमा करीब ५ दर्जन बढी मोटरसाइकल र्यालीमा सहभागी हुने उनले बताए । 

यसै गरि काठमाडौं बाहिर पहिलोपटक नेपाल सम्वतको क्यालेन्डर समेत बिमोचन गर्ने तथा बुटवलमा रहेर नेवार समुदायको भाषा, संस्कृतिमा योगदान दिएका नेवा दे दबुको संस्थापक अध्यक्ष रबिन्द्रगोपाल लाकौललाई सम्मानको कार्यक्रम राखिएको उनले बताए । कार्यक्रममा नेवा सेवा समिति देविनगर, भिमसेन सेवा समाज बुटवल–३, भिन्धो नेवा समाज ९बुटवल —१७,१८,१९०, नेवा संस्कृति संरक्षण समाज देविनगर, भिमसेन सेवा समाज देविनगर, गणेश नेवा समाज देविनगर, नेवा समाज १ र २, नेवा समाज अर्घाखाँची रुपन्देही सहित एक दर्जन बढि यस क्षेत्र १० वटा खलपुचहरु संयुक्त रुपमा गरिने भएको छ ।

नेवा सेवा समिति देविनगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेपाल सम्वत सबै नेपालीको साझा सम्वतको रुपमा पहिचान दिने गरि कार्यक्रममा सबैको उपस्थिति हुने बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।