ताजा अपडेट »

साफ वुमन्स च्याम्पियनसिपः गरिमा विकास बैंकद्वारा प्रति गोल १ लाख पुरस्कार

बुधबार, १४ कार्तिक २०८१, १६ : ०८
320 Shares
बुधबार, १४ कार्तिक २०८१
320 Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु। १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ । 
बुधबार बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु। १ लाख प्रदान गर्ने भएको हो । नेपालमा फुटबल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ । 
विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आईरहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।