ताजा अपडेट »

म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेनलाई प्रशिक्षक बनाउदै

बुधबार, १४ कार्तिक २०८१, १० : ३२
54 Shares
बुधबार, १४ कार्तिक २०८१
54 Shares

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई प्रशिक्षक बनाउने निश्चित भएको छ ।

मिडिया रिपोर्टका अनुसार हाल पोर्चुगलको स्पोर्टिंग सिपीका प्रशिक्षक रहेका ३९ बर्षिय रुबेनलाई आफ्नो मुख्य प्रशिक्षक बनाउन म्यानचेस्टर युनाइटेड सहमत भएको छ ।

क्लबको लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर युनाइटेडले आइतबार आफ्ना प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो ।

रुबेनलाई भित्र्याउन युनाइटेडले स्पोर्टिंगसँग उनको १० मिलियन युरोको एक्जिट क्लज अनुसारको रकम तिर्न सहमत भएको बताइएको छ । रुबेनले पनि म्यानचेस्टर युनाइटेडको प्रस्तावलाई स्वीकार गरेको बताइएको छ ।

२०२० को मार्च देखि स्पोर्टिंगको प्रशिक्षक रहेका रुबेनले स्पोर्टिंगलाई २ सिजन लिग जिताएका छन् भने कुल ५ उपाधि जिताएका छन् ।

रुबेन आफ्नो स्पष्ट खेल खेलाउने तरिकाका लागि पोर्चुगलमा परिचित छन् । उनले उनको कोचिंग क्यारियरमा अहिलेसम्म ३-४-३ फर्म्याटमा खेलाउदै आएका छन् ।         

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।