ताजा अपडेट »
विश्वकप लिग-२

विश्वकप लिग-२ः नेपाल संग स्कटल्यान्ड ५ विकेटले पराजित

लिग-२ मा नेपालकाे दश्राे जित

बुधबार, १४ कार्तिक २०८१, ०६ : ३०
34 Shares
बुधबार, १४ कार्तिक २०८१
34 Shares

काठमाडाैं ।आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले दोस्रो जित दर्ता गरेको छ। अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै लिग २ मा दोस्रो जित दर्ता गरेको हो।  नेपालले यसअघि गत फेबु्रअरीमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्डलाई ९ विकेटले हराएको थियो। त्यसयता लगातार जित विहीन रहेको नेपालले पहिलो जित निकालेको हो। 

465028107_985106506979063_1443124988982184701_n

जारी सिरिजमा नेपालले पहिलो जित दर्ता गर्दा स्कटल्यान्डले भने पहिलो हार व्यहोरेको छ।  सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो।  स्कटल्यान्डले भने सिरिजको आफ्नो पहिलो खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित निकालेको थियो । स्कटल्यान्डले दिएको १ सय ५५ रनको मध्यम लक्ष्य नेपालले २९.५ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। छैटौँ विकेटका लागि आरिफ शेख र गुल्सन झा ले ५७ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। 

नेपालका आरिफ ५१ र गुल्सन २५ रनमा अविजित रहे। आरिफले ४२ बलमा ८ चौका हाने। गुल्सनले ३० बलमा ३ चौका र १ छक्का हाने। नेपाल एक समय २१.३ ओभरमा ५–१०० को अवस्थामा थियो। ओपनर अनिल शाह १३ र आशिफ शेख २१ रनमा पेभेलियन फर्के। कुशल भुर्तेलले २५ र कुशल मल्लले ७ रन बनाउँदा एलबीडब्लुकाे धरापमा परे। कप्तान रोहित पौडेल भने १ रनमा क्याच आउट भए। 

464968569_985107823645598_3991933463837154437_n

स्कटल्यान्डका लागि ब्रान्डोनले २ तथा ब्राड कुरी, मार्क वाट र ज्याकले समान एक विकेट लिए।  त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा १ सय ५४ रनमा अलआउट भयो।  मार्क वाटले बनाएको ३४ रन नै स्कटल्यान्डका लागि सर्वाधिक रह्यो।  स्कटल्यान्डलाई सस्तैमा रोक्न नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २ विकेट लिए। आरिफ शेखले १ विकेट आफ्नो नाममा गरे। 

जितसँगै नेपालले अंक तालिकामा ५ अंक पुर्याएको छ। लिग २ मा १० खेल खेलेको नेपालले २ खेलमा जित र सात खेलमा हार भोगेको छ। नेपालले क्यानडामा ओमानसँगको १ खेल रद्द हुँदा अंक बाँडेको थियो।  सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले शनिबार अमेरिकासँग र सोमबार स्कटल्यान्डसँग खेल्ने तालिका छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।