इको-फार्मिङले आधुनिक विज्ञान र नवप्रवर्तनलाई प्रकृति र जैविक विविधताको सम्मानमा जोड्छ । यसले स्वस्थ खेती र स्वस्थ खाना सुनिश्चित गर्दछ । यसले माटो, पानी र हावापानीलाई जोगाउँछ । यसले वातावरणलाई रासायनिक प्रविधिहरू वा आनुवंशिक रूपमा ईन्जिनीयर गरिएका बालीहरू प्रयोग गर्दैन । या कृषि कार्यहरुको दिगोपना र खाद्य सम्प्रभुताको परिकल्पना हो । यो विधिबाट गरिने कृषि कार्यहरुमा उत्पादक र उपभोत्ता दुवैको स्पास्थ्य अवस्थालाई केन्द्रमा राखेर उत्पादन कार्य गरिन्छ । जसमा खाद्यान्न स्वास्थ्य र सुरक्षाको साथ कृषिजन्य उत्पादन गरिन्छ । इको फार्मिङ यस्तो अभियान हो जहाँ खाद्यान्न र खेतीमाथिको नियन्त्रण अन्तरराष्ट्रिय कर्पोरेसनको सट्टा स्थानीय समुदायमा हुन्छ । जसले स्थानीय रैथाने उत्पादनको संरक्षणका साथै जैविकीय गुणमा ह्रास आउनबाट बचाईरहेको हुन्छ ।
इको–कृषि कृषिको कारणले हुने वातावरणीय समस्याहरूलाई सम्बोधन गर्ने प्रमुख उपाय हो र भविष्यमा कृषिको लागि आवश्यक दिशा हो । यसैबीच, इको–कृषिको विकास यसको प्राविधिक सहयोगबाट अविभाज्य छ । वर्तमानमा, चीनमा सामान्यतया प्रयोग हुने इको–कृषि प्रविधिहरूलाई तिनीहरूको सैद्धान्तिक आधार र व्यावहारिक प्रकारका आधारमा तीन वर्गमा विभाजन गर्न सकिन्छः भौतिक स्रोतहरूको सटीक इनपुट महसुस गर्न प्रयोग गरिने प्रविधिहरू, सामग्रीको परिसंचरण दक्षता सुधार गर्न प्रयोग गरिने प्रविधिहरू, र प्रविधिहरू जसले प्रजाति सिम्बायोसिसको सिद्धान्त प्रयोग गर्दछ। ।
यद्यपि यी प्रविधिहरूले चीनमा पारिस्थितिकी–कृषिको विकासको लागि आवश्यक सहयोग प्रदान गर्दछ, तिनीहरूको कार्यान्वयनसँग सम्बन्धित समस्याहरू पनि छन् : जस्तै कमजोर प्राविधिक प्रयोग र औद्योगिकीकरणको न्यून स्तर आदि तसर्थ, भविष्यमा चीनमा पारिस्थितिक–कृषि प्रविधिको विकासमा, प्रविधि उत्पादकहरूले वास्तविक समस्याहरूलाई मार्गदर्शकको रूपमा लिनुपर्छ र प्रविधिहरूको लोकप्रियता, औद्योगिकीकरण र प्रयोगमा ध्यान दिनुपर्छ ।
कृषि वन, कृषि पर्यटन, कृषि अनुसन्धान, प्रविधि विकास तथा विस्तारलाई सँगसँगै अगाडि बढाउँदै बिउको सुधार र विकास, पशुपालन तथा कृषि उत्पादनका सामान्य परिकार, कृषि उद्यमशीलता आदि विशेषतालाई समेत ध्यान दिने प्रणाली पर्यावरणीय कृषि हो । अहिले हामी हिँडेको नवउदारवादी बाटोबाट समाजवादको आधार निर्माण हुँदैन, अनि कृषिको विकास र वातावरण सन्तुलन हुनसक्दैन । जैविक प्राङ्गारिक खेती, पर्यावरणीय कृषि, पारिवारिक कृषि, बहुबाली कृषि, पहाडिया तुलनात्मक लाभको कृषि आदि पद्धतिले खाद्य सम्प्रभुताको प्रत्याभूति गराउँछ । त्यसैले जहाँ सजिलै गर्न सकिन्छ र सम्भावना छ, त्यसमा ध्यान दिई लगानी र कार्यक्रम ल्याउने दिशातर्फ सबै लाग्नुपर्छ । बहुबाली खेती, पशुपालनसहितको मिश्रित तथा पारिवारिक कृषि जलवायु सङ्कटबाट पनि कम प्रभावित हुन्छ । विज्ञान, सामुदायिक संज्ञान, प्रकृतिको समन्वय र किसानको समृद्धि कृषि पर्यावरणका चार खम्बा हुन् ।
यसले दिगो अभ्यास, विज्ञान र संस्कृतिको संयोजन तथा नवउदारवादविरुद्धको सङ्घर्षको पक्षलाइ समेटेको छ । उत्पादनका साधनमा किसानको अधिकार हुनुपर्छ तथा प्राकृतिक साधन र खाद्यान्नको व्यापारीकरण पनि हुनुहुँदैन भन्ने मान्यता राख्दछ । यसले बहुराष्ट्रिय निगम र विश्वव्यापार सङ्गठनलाई कृषिबाट अलग्याउँदै कृषि उत्पादन कम्पनीले गर्ने र खाद्यान्नको व्यापार गर्ने कुरालाई विरोध गर्दछ । यसले उत्पादनदेखि बजारसम्म तथा मूल्यमा समेत किसानको निर्णय र आत्मनिर्भरतालाई बढी जोड दिएको छ । अझ पर्यावरणीय कृषि युवा र महिला किसानको आन्दोलन हो, जसले कृषिलाई सम्मानित बनाउँदै युवालाई कृषिमा आकर्षित गर्छ र कृषिमा महिला किसानको भूमिकालाई सम्मान गर्न सहयोग गर्दछ ।
विश्वमा कृषि विकासका चरणहरूको ऐतिहासिक पक्षलाई अध्ययन गर्दा पर्यावरणीय कृषि (Agroecology) शब्दको प्रयोग सन् १९७० को दशकमा भएको पाइए तापनि व्यवहारमा यसको प्रयोग कृषिको शुरुवातसँगै भएको छ । पर्यावरणीय कृषिले मूलतः उत्पादनलाई मात्र जोड नदिई वातावरणीय तथा सामाजिक संवेदनशीलता र समग्र उत्पादनप्रणालीको दिगोपनालाई समेटेको हुन्छ (Hecht 2018) । पर्यावरण भन्नाले प्रकृतिमा रहेका जीवित प्राणी, वनस्पति, सूक्ष्म जीव र वातावरणबीचको अन्तरसम्बन्ध वा सन्तुलनको अवस्था हो । यस प्रक्रियामा एकले अर्काको अस्तित्व जोगाउन वा सन्तुलन कायम गर्न मद्दत पुर्याएको हुन्छ । पर्यावरणीय कृषिका पक्षधरहरूका अनुसार कृषि विकासमा पनि यही अवधारणा लागु गर्नुपर्दछ । अर्थात् कृषिकर्म गर्दा प्रकृित, वातावरण र मानवस्वास्थ्यमा नकारात्मक असर पर्ने कु नै पनि क्रियाकलाप सञ्चालन गर्नुहुन्न भन्ने मान्यता राख्दछ । साथै कृषि पर्यावरणीय क्षेत्रमा त्यस ठाँउभन्दा बाहिरबाट ल्याइने स्रोतसाधन तथा सामग्रीमा निर्भर हुनुहुन्न भन्ने कुरालाई जोड दिइएको हुन्छ ।
पर्यावरणीय कृषि एक वैज्ञानिक पद्धति हो । यसले कृषिलाई समष्टिगत रूपमा पर्यावरण, खाद्यप्रणाली, आर्थिक र सामाजिक परिवेश समेटेर अध्ययन गर्दछ । कतिपयले यसलाई कृषिको औद्योगिकीकरणका विरुद्ध जुध्ने, साना कृषकहरूको अधिकारका लागि आवज बुलन्द गर्ने र खाद्य सम्प्रभुताको पैरवी गर्ने अभियानका रूपमा पनि लिएका छन् । विश्व खाद्य तथा कृषि सङ्गठनले पर्यावरणीय कृषिलाई कृषि विकासको एकीकृत प्रणालीका रूपमा लिएको छ । यसले खाद्य र कृषिप्रणालीको विकास तथा व्यवस्थापन गर्दा कृषक र आम नागरिकलाई केन्द्रमा राखेर पर्यावरण तथा सामाजिकअवधारणा र सिद्धान्तअनुसार काम गर्दछ भनी परिभाषित गरेको छ (FAO 2018, 2019)।
२१ औं शताब्दी र भविष्यको प्रमुख चुनौती वर्तमान विश्वव्यापी कृषि प्रणाली र खाद्य सङ्कट सँग सम्बन्धित छ । कृषि कार्यको व्यवस्थापन, जसले सर्तहरूमा राम्रो गुणस्तरको खाद्य उत्पादन गर्न एक आदर्श सहमति पछ्याइरहेको छ । मानव अगाडि समाज परम्परागत कृषि युगबाट औद्योगिक युगमा प्रवेश गरिसकेपछि हाम्रा लागि उपयुक्त हुने भन्दा पनि कम लागतमा धेरै उत्पादन गरि व्यवसायलाई सुविधा सम्पन्न र सरल बनाउने कृषि कार्यको प्रयोग भईरह्यो । जसका कारण वर्तमान समयमा खाद्यसँग सम्बन्धित स्वास्थ्य समस्याहरु सहर देखि दुर्गम गा्रमिण बस्ति सम्म फैलिएका छन् । इको कृषि अभियानलाई एकसाथ फैलाउनका लागि भौगोलिक अवस्थितीमा आधारित आधुनिक कृषिले प्रणाली प्रभाव पारेको छ । यसलाई हामीले चेतना र कानुनी आधार दुवैको सहायतामा अगाडि बढाउँन जरुरी छ ।
आधुनिक विज्ञानले गरेको चमत्कारी विकासका कारणले मानिस आगामि दिनहरुमा चन्द्रमामा पुगेर बसोबास गरेता पनि कृषि क्षेत्रबाट प्राप्त हुने खाना विनाको जीवन सञ्चालन हुने छैन् । आज भन्दा ६० लाख वर्ष पहिले देखि अस्तित्वमा आएको मानव जीवनलाई आगामी दिनमा सफलताका साथ अगाडि बढाउनका लागि हाम्रा खाना सन्तुलित र जैविकीय गुणयुक्त हुनु आवश्यक छ । जसलाई व्यवहारिक बनाउनका लागि वर्तमान समयमा कृषिका लागि बनाइएका योजनाहरुमा प्राथमिकताका साथ इको फार्मिङ् अभियानलाई विश्वभर सञ्चालन गरेर विश्वभर फैलिदैँ गएको खाद्य सङ्कटलाई समाधान गर्ने तर्फ केन्द्रित हुनु आवश्यक छ ।
अन्त्यमा, नेपालको पछिल्लो जनगणना २०७८,तेस्रो जीवनस्तर सर्वेक्षण आदिको निष्कर्षका आधारमा पनि ६०प्रतिशत नेपालीलेहरुले आज पनि कृषि कर्मलाई आफ्नो आम्दानीको प्रमुख स्रोत मानिरहेको अवस्थामा हामीले हाम्रो माटो सुहाउँदो इको फार्मिङ्लाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्नु आवश्यक रहेकोछ । नेपालको भौगोलिक विविधता र प्राचिन समयदेखि वर्तमान सम्मको कृषि गतिविधिलाई अध्ययन गर्दा इको फार्मिङको सम्भावनालाई नकार्न सकिदैन ।
प्राकृतिक सम्पदाको गौरवका रुपमा रहेको नेपालमा विश्वमा नै दुर्लभ मानिएका कृषि उत्पादन र जडीबुटीको अथाह सम्भावना छ । इको फार्मिङका माध्यमबाट कृषि पर्यटन, उद्यमशीलता, अध्ययन अनुसन्धानका केन्द्रहरु सञ्चालन गर्न सकिन्छ । यस्ता गतिविधिहरुको विश्वबजारमा कम प्रतिस्पर्धा हुने कारणले मूल्यसमेत बढी प्राप्त हुन्छ । जैविक खेतीमार्फत नेपालमा नगदे बाली, जडीबुटी, फलफूल तथा तरकारीको बृहत् सम्भावना छ ।
जसका माध्यबाट बढ्दै गएको पुँजी र प्रतिभा पलायनलाई रोक्नुका साथै वैदेशिक व्यापार घाटालाई समेत न्यून गर्दैै लैजान सकिने आधारहरु छन् । कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग पशुपन्छी पालनको अत्यन्त महत्वपूर्ण आधार बन्नसक्छ, जुन खाद्य सुरक्षा, पोषण, आम्दानी र ग्रामिण गरिबी निवारणका दीर्घकालिन आधार हुन ।
प्रतिक्रिया