ताजा अपडेट »

पश्चिमी वायुको प्रभाव कायमै, कुन-कुन क्षेत्रमा छ वर्षाको सम्भावना ?

मंगलबार, १३ कार्तिक २०८१, ०६ : २७
228 Shares
मंगलबार, १३ कार्तिक २०८१
228 Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।