ताजा अपडेट »

लघुकथाः क्यान्सर मुक्त संसार

सोमबार, १२ कार्तिक २०८१, २१ : ३३
150 Shares
सोमबार, १२ कार्तिक २०८१
150 Shares

जस्टिन र म एकै घरमा भाडामा बस्थ्यौ । एक तला माथि म बस्थे भने जस्टिन तल्लो तलामा बस्थी । हामी एकै घरमा बसे पनि दिनहुँ हाम्रो भेटघाट हुदैन्थ्यो । आक्कलझुक्कल पार्किङमा भेटियो भने पनि आखाँले नै बोलेर हामी हाम्रा भावहरू साट्थ्यौ। कुराकानी गर्ने समयको अभाव हुदोरहेछ यो भौतिक जिन्दगीमा । हामी निरन्तर बाच्नकै लागि भड्किरहेका छौ निरन्तर ।हामी छुट्टाछुट्टै देशका नागरिक र हाम्रो भाषा पनि फरक थियो । दिनहरू बित्दै गए । समय पनि त आफ्नै तालमा बग्दै थियो । एकै घरमा हुँदा कहिले पनि नबोलेका हामी दुई जनाको एक दिन भने अचानक मेरो कार्यस्थलमा भेट भयो ।

एक छिनको परिचित हेराहेर पछि हामी गफिन थाल्यौ। एक अर्काको नाम त अझै पनि थाहा थिएन हामीलाई, तर जम्काभेटलाई सहज बनाउदै मैले नै बोलाए जस्टिनलाइ र सन्चो बिसन्चो सोधे । कुरा गर्दै जाँदा हामी दुवै जना ठिक भएको बुझे पछि बिदा भयौ ।

छिमेकी हामी अब बोलचाल गर्न त थालियो तर नेपाली संस्कार जस्तो संवाद हुनासाथ पहाड घर कता ? सन्तान कति ? बुढाको जागिर छ कि नाइँ ? भनेर विदेशीलाई सोध्न नमिल्ने । आफ्नो आँखा अगाडी देखिएको दृश्य नै उनीहरूको पहिचान मानिँदो रहेछ ।

उमेर ढल्के पनि झट्ट हेर्दा राम्री थिई जस्टिन । महिलालाई सिन्दूर पोते नलगाए पछि विवाहित वा अविवाहित छुट्याउन पनि मुस्किल हुन्छ । जस्टिनको वैवाहिक अवस्था के थियो मैले बुझ्न सकिन । जस्टिनलाई छोराछोरीसंंग देखेकी थिइन तर कहिलेकाहीँ केटासंंग आवतजावत गरेको देखिन्थ्यो ।

यो पाली भने निकै दिन देखी मैले जस्टिनलाई देखिरहेकी थिइन । ओहो !मैले त जस्टिनलाई बिर्सेकी पो रहेछु । फेरि अर्को दिन एक्कासि जम्काभेट भयो पार्किङमा । झल्याँस्स भए म । आज जस्टिनलाई त्यो वेलाको जस्तो हँसिलो मुहार र चिटिक्क परेको पहिरनमा देखिन । ऊ अलि निन्याउरो, निराश, कमजोर जस्तो देखे मैले । जस्टिन म बाट टाढिन खोज्दै थिई । मैले नजिकै गएर सोधे, के छ खबर ? किन म आज तपाईँलाई फरक देख्दैछु ? के भयो भन्नुहोस् ? बोल्न मन नलागी नलागी जवाफ दिई । म ठिक छु । पछि भन्छु है भनेर बिदा हुन खोजी उ ।

किन किन मेरो मन मानेन र उसको केटा संंग सोधे । दाइ के भयो जस्टिनलाई ? किन पछि भन्छु भनेको ? भनेर मैले चासो लिए पछि बल्ल थाहा भयो । उसलाई त क्यान्सर पो भएको रहेछ । स्तन क्यान्सर ।

आधुनिक औषधि विज्ञान अनुसार तेस्रो स्टेजको स्तन क्यान्सर जसलाई समयमै उपचार गरिएमा निर्मूल पार्न सकिन्छ भन्ने मान्यता रहेको छ । जस्टिन जस्ता उपचार राम्रो हुने देशमा त क्यान्सरसँग डराउँदा रहेछन् बिरामीहरू । जस्टिनलाई पनि अव मर्दैछु भन्ने लाग्न थालेछ क्यार उसका आँखा भिजेका देखिन्थे। उ उदासी देखिन्थी । उसलाई तत्काल उपचारको साथै मनोबल उच्च बनाउने मनोसामाजिक सल्लाह आवश्यकता छ भन्ने बुझे मैले । रोग लागेका मानिसहरूको मलिन मुहार नहोस् पनि किन आफ्नै आँखामा मृत्यु घुमिरहेको महसुस हुँदा ।

आधुनिक सभ्यताका हामी मानिसहरू खानपान, हावापानी आदिका कारणले रोगी भइरहेका छौ। क्यान्सर रोग समयमै थाहा पाइयो र उपचार गर्नलाई परिवारले साथ दियो भने निको होइन निर्मूल नै गर्न सकिन्छ ।

नेपाली समाजमा फलानालाई क्यान्सर लाग्यो रे बिचरा .. अब त बाँच्दैन रे । रे र अरे का पछि लागेका समाज र परिवारले क्यान्सर बिमारीलाई तुरुन्तै मरे तुल्य बनाउँछ । बिरामी रोगले भन्दा पनि दुनियाँका कुराले आधा मरिसकेको हुन्छ। अनि बाकी आधा मर्न उपचारमा हेलचेक्र्याइँ नै काफी छ।

जस्टिनलाई क्यान्सरको उपचार गरेर बाच्न भन्दा पनि उपचारका क्रममा विभिन्न औषधिको नराम्रो असरले आफ्नो रूप बिग्रिन्छ भन्ने चिन्ता, उपचारमा लाग्ने खर्च, उपचारका क्रममा आफूलाई चाहिने माया, हेरविचार, पाउन सक्छु भन्ने विश्वास लाग्न छोडेको रहेछ।

हरेक भेटमा म जस्टिनलाइ झन झन उदासी देख्न थाले। उ गल्दै गल्दै गइरहेकी थिई। उ भित्रको मान्छे नै हतप्रभ भए जस्तो लाग्यो। एकै घरमा बसेर पनि कसरी उ मरेको हेर्नू भन्ने चिन्ताले मलाई खाइरहेको थियो। उसको कमजोर आत्मबललाई कसरी उच्च बनाउने भन्ने मलाई चिन्ता लाग्यो। केही वर्ष एउटा आइ. एनजिओमा काम गर्दा मैले यो सम्बन्धी पब्लिक हेयरिङ कार्यक्रम सञ्चालन गरेकी थिए। त्यसैले पनि स्तन क्यान्सरको बारेमा मलाई ज्ञान थियो। म चाहन्थे उसमा ईश्वर कृपा रहोस्। उसलाई केही नहोस्। बरु उपचारमा म उसलाई सहयोग गर्छु।देश समाज धन सम्पत्ति भन्दा सबैभन्दा ठुलो कुरा मानव जीवनको स्वास्थ्य ।
म सफल भए जस्टिनलाई उपचार गर्न मनाउन।

उसलाई ५ वटा किमो दियो। खानपिन पथ परहेजमा बस्न सिकाए मैले । तेस्रो अवस्थामा पुगेको क्यान्सरबाट उ मुक्त भई। उसको सानो खुसीको सन्सार यसरी बर्वाद हुनबाट बच्यो। हिजोआज उसको मुहारमा खुसीको चन्द्रमा उदाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।