ताजा अपडेट »

सल्यानमा मिनी ट्रक दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो

सोमबार, १२ कार्तिक २०८१, २१ : ११
80 Shares
सोमबार, १२ कार्तिक २०८१
80 Shares

दाङ   सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु  हुनेको संख्या चार पुगेको छ भने ७ जना घाइते भएका छन। कपुरकोट गाउँपालिका-६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा सिनबाङ्ग का १४ वर्षीय गोबर्द्धन खडका र १२ वर्षीय अनिल भण्डारी (डिल्ली), १५ वर्षीया सिर्जना बस्नेत, र चालक मान बहादुर भण्डारी रहेका छन । दुई जनाको घटना स्थलमै मृत्यु भएको र एक जनाको बाटोमा ट्रक चालक मान बहादुर भण्डारीको भने राप्ती प्रादेश अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय संजीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा रहेका छन् ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएका ३ जना मध्यम गाडी चालक भण्डारीको मृत्यु भएको हो। दुई जनाको अवस्था भने मध्यम रहेको छ। ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।