ताजा अपडेट »

रोटरी बुटवल चौतारी र सिद्धारा समाजले गरे शितगंगामा निःशुल्क स्वास्थ्य शिविर

आइतबार, ११ कार्तिक २०८१, १५ : ५७
52 Shares
आइतबार, ११ कार्तिक २०८१
52 Shares

बुटवल । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १० हर्रेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविर सिद्धारा सेवा समाज रुपन्देही र रोटरी क्लव अफ बुटवल चौतारीले संयुक्तरुपमा गरेका थिए । स्वास्थ्य शिविरको उदघाटन सितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलले गरेका थिए । 

स्वास्थ्य शिविरमा डा। मोहन भुसाल नेतृत्वको टिम चेकजाँचका लागि खटिएको थियो । त्यस्तै सितगंगा नगर अस्पतालका इन्चार्ज डा। सुवेक्षा शर्मा पनि सहभागी भएकी थिइन् । कार्यक्रममा बोल्दै सितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलले निःशुल्क स्वास्थय शिविरले यहाँका सर्वसाधारणको चेकजाँचमा महत्वपूर्ण उपलव्धि हासिल भएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्नुपर्ने र यसका लागि स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रम संयोजक रोटरी क्लव अफ बुटवल चौतारीका सचिव खगेन्द्र बेलबासेले गाउँमा स्वास्थय शिविर सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए ।  

त्यस्तै वडाअध्यक्ष रोटरीयन केशव बेलबासे र अर्का रोटरीयन खिमानन्द बस्याललगायतले स्वास्थ्य शिविरबाट यस क्षेत्रका नागरिकले राहत पाएको बताएका थिए । शिविरमा ग्याष्ट्रो सेन्टर बुटवल प्रालिका वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ डा। मोहन भुसाल नेतृत्वको टोलीमा महिला रोग विशेषज्ञ डा। नविन तिरुवाको टोली समेत खटिएको थियो । इन्डोस्कोपी सहितको सेवा प्रवाहका साथै विभिन्न औषधी कम्पनीद्वारा औषधी सहयोग भएको थियो ।

३०० जना सहकारी शिविरमा १७० जनाले स्वास्थ्य जाँच गरी औषधी लिएका थिए भने १७ जनाको इन्डोस्कोपी गरिएको थियो । क्लवले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।