ताजा अपडेट »

भैरहवामा 'सेल्स ग्रोथ वर्कसप-२०२४' सम्पन्न

आइतबार, ११ कार्तिक २०८१, ०८ : ४५
174 Shares
आइतबार, ११ कार्तिक २०८१
174 Shares

भैरहवा । रुपन्देहीमा सामाजिक क्षेत्रमा सक्रिय रोटरी क्लब अफ भैरहवाको आयोजना र रोटरी क्लब अफ सेन्ट्रल बुटवल  सह आयोजनामा शनिवार “सेल्स ग्रोथ वर्कसप-२०२४” कार्यक्रम सम्पन्न भएको छ । अहिलेको असहज समयमा पनि आफ्नो व्यापार व्यवसायमा प्रविधि प्रयोग गरेर कसरी सफलता प्राप्त गर्ने भन्ने विषमा वर्कसप केन्द्रित रहेको  थियो ।

Sales Growth Workshop (134)

भैरहवाको  सिद्धार्थ भिलासा हाेटलमा सम्पन्न वर्कसपमा विभिन्न पेसा व्यवसायमा आबद्ध  १०० बढी सहभागी रहेका  थिए। वर्कसपको मुख्य प्रशिक्षकका रूपमा रहेकी प्रनयना के.सी. ले सहभागीहरू लाई आफ्नो व्यापार व्यवसायमा युग अनुसार को प्रविधिको प्रयोग कसरी गर्ने र त्यस बाट कसरी व्यवसायलाई ग्राहक सम्म पुर्‍याउने र बिक्री बढाएर व्यावसायिक लाभ हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएकी थिइन् ।

Sales Growth Workshop (520)

देश  विदेशका  विभिन्न मल्टी नेसनल कम्पनीहरूमा काम गरिसकेकी प्रशिक्षक शाक्य  पछिल्लो समय  नेपालकै चर्चित बहुराष्ट्रिय इकमर्स कम्पनी 'दराज'की बजार व्यवस्थापन प्रमुख रहेकी थिइन । त्यस अगाडी आयोजक संस्था रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ताले सामाजिक सञ्जालको प्रयोग र त्यसबाट व्यवसायमा लिन सकिने फाइदाका बारेमा छाेटाे प्रकाश पारेका थिए ।

वर्कसपको समापन समारोहमा बोल्दै सहभागी प्रतिभा शर्माले मनोरञ्जनका लागि चलाइ रहेको सामाजिक सञ्जालको प्रयोग व्यवसाय बढाउन कसरी सही तरीकाले प्रयोग गर्ने भन्ने सम्बन्धमा जानकारी  पाएको र तालीम  निकै फलदायी रहेको बताइन ।

अर्का सहभागी सुरज क्षेत्रीले आयोजक संस्था रोटरी क्लब अफ भैरहवालाई समय सापेक्ष कार्यक्रम आयोजना गरेकोमा धन्यवाद  दिए । प्रमुख अतिथिका रूपमा रहेका क्लबका जिएसआर तथा रोटरी क्लब अफ बुटवल सेन्ट्रलका संस्थापक अध्यक्ष एजाज आलमले तपाइ हामीले सामान्य रूपमा प्रयोग गरिरहेको डिजिटल मिडिया तथा सामाजिक सञ्जाल बाट यत्तिको धेरै व्यवसायीक लाभ लिन सकिने थाह पाएको बताए ।

Sales Growth Workshop (220)

उनले आयोजक संस्था लाइ धन्यवाद दिँदै  प्रशिक्षण कार्यक्रममा एक्टीभ लिस्निङकाे बारेमा राम्ररी बुझ्न पाएको बताउँदै आजै बाट परिवार वा व्यवसायमा कसैसँग प्रत्यक्ष संवादका समयमा माेबाइल् लगाएतका ग्याजेटहरू प्रयोग नगर्ने बताए । समापन कार्यक्रममा सहभागीहरूलाई सहभािगताकाे प्रमाण पत्र प्रदान समेत गरीएकाे थियो । रोटरी क्लब अफ भैरहवाका का अध्यक्ष राम्रप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न वर्कसप मा स्वागत मन्तव्य पूर्व अध्यक्ष पवन पाैडेलले राखेका थिए भने कार्यक्रम सञ्चालन क्लबका सदस्य श्याम क्षेत्रीले गरेका थिए ।

वर्कसपलाई सिजी माेटर्सकाे 'नेटा भी' ले मुख्य प्रायोजन गरेको थियो भने इभेन्ट पार्टनर आइडिया फिउजन, न्युज पार्टनर ग्लोबल आवाज डटकम, एलइडी पार्टनर गण्डकी एलइडी फाेटाे पार्टनर डिपी स्टुडीयाे तथा ट्राभल पार्टनरमा इ-ड्राइभ लुम्बिनी रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।