ताजा अपडेट »

चलिचत्र ‘ह्रस्व दीर्घ’ नेपाली संगै हिन्दी भाषामा समेत नेपालमा रिलिज हुने

चलचित्रमा दक्षिण भारतीय र नेपाली  स्टारकास्ट (टिजर भिडीयाे)

शनिबार, १० कार्तिक २०८१, २० : ५१
140 Shares
शनिबार, १० कार्तिक २०८१
140 Shares

बुटवल। अभिनेत्री नीता ढुंगाना तथा युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको रियल जोडिले निर्माण गरेको चलचित्र 'ह्रस्व दीर्घ' नेपालमा नेपाली र हिन्दी दुवै भाषामा एकै दिन रिलिज गरिने भएको छ।  शुक्रबार चलचित्र  निर्माण टिमले सेभेन सिज इन्टरटेन्मेन्टलाई चलचित्रकाे विदेश राइट्स बिक्री गर्दै नेपालमा कार्तिक ३० गते नेपाली र हिन्दी दुवै भाषामा पनि प्रदर्शन हुने जानकारी गराएको हो।

harso dirga

चलचित्र विदेशमा भने  नेपालमा प्रदर्शन भएको एक हप्तापछि अर्थात् मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने निर्मात्री एवं अभिनेत्री ढुङ्गानाले बताइन्। चलचित्रकाे  हिन्दी भर्सन रिलिज अधिकार पनि सेभेन सिजले नै खरिद गरेको छ। यो कम्पनीका सञ्चालक मध्येका एक विनोद पौडेलले ह्रस्व दीर्घ विदेशमा बक्स अफिस नै रिलिज हुने जानकारी गराए।

नेपाली र हिन्दीमा भाषामा रिलिज भएको दुई महिना पश्चात् यो चलचित्र तेलुगू भाषामा पनि रिलिज गर्ने तयारी भइरहेको अभिनेता हरिहर अधिकारीले बताए। 'हाम्रो फिल्ममा धेरै दक्षिण भारतीय र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपाली सँगै हिन्दी र तेलुगू भाषामा भारतमा प्राथमिकताका साथ रिलिज गर्दैछौं। भारतीय वितरकले पनि चलचित्रप्रति राम्रो चासो देखाएका छन्,' हरिहरले भने।

Screenshot 2024-10-26 212505
 
नीता फिल्मस् काे प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनञ्जय गलानी हुन्। चलचित्रमा निर्माता द्वय नीता र हरिहरसँगै चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झा लगायत नाम चलेका दर्जनबढि कलाकारहरू काे अभिनय छ। अभिनेत्री रेखा थापाको यो चलचित्रमा अभिनय समावेश छ।

चलचित्रमा समावेश भारतीय र नेपाली  स्टारकास्ट, विश्वकै ठुलो फिल्म स्टुडियो 'रामोजी फिल्म सिटी'को छायांकन लगायतले निर्माण घोषणा देखि ट्रेन्डिङमा रहेको यो चलचित्रको टिजर सार्वजनिकसँगै चर्चा चौतर्फी चुलिएको छ। युट्युबमा टिजरलाई सार्वजनिक भएको दुई सातामा झन्डै १० लाख पटक हेरिएको छ। जसमा ३३ हजार बढी लाइक र २८ सय बढी प्रतिक्रिया व्यक्त छन्। झन्डै सत् प्रतिशत सकारात्मक प्रतिक्रिया पाएको टिजर हेरेपछि दर्शकले चलचित्रलाई हेर्नुपर्ने फिल्मको 'लिस्ट'मा राखेका छन्।

Screenshot 2024-10-26 212320

चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। यस अगाडी केही भोजपुरी चलचित्रको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशकको रूपमा काम गरिसकेका पन्तको यो निर्देशकका रूपमा डेब्यु नेपाली चलचित्र हो।  अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरकै पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।  चलचित्रलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेन्मेन्टले वितरण गर्दैछ।

यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।