ताजा अपडेट »

सेमलारमा वृहद नि:शुल्क स्वाश्थ्य शिविर आयोजना

शनिबार, १० कार्तिक २०८१, १८ : ५५
54 Shares
शनिबार, १० कार्तिक २०८१
54 Shares

बुटवल । स्थापनाको २५ र्औ वर्ष प्रवेशको अवसरमा रुपन्देही व्यापार संघले शनिवार रुपन्देहीको सेमलारमा वृहद निशुल्क स्वाश्थ्य शिविर आयोजना गरेको छ । 

व्यवसायीक हकहितका लागि स्थापित संस्था व्यापार संघले सामाजिक उत्तरदायित्व निर्वाहा गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम गर्ने क्रममा निशुल्क स्वाश्थ्य शिविरको आयोजना गरेको जनाएको छ । शिविरमा ४ सय जनाभन्दा बढीको वसिरष्ठ चिकित्सकहरुबाट निशुल्क स्वाश्थ्य परिक्षण एवं औषधि वितरण गरिएको संघका महासचिव फर्सुराम पन्थले बताए । 

सेमलारस्थित नवरत्न उच्च माविमा आयोजना गरिएको शिविरको शुभारम्भ गर्दै संघका पूर्व अध्यक्ष पदमप्रसाद श्रेष्ठले नागरिकका समस्यासंग जोडिएर जानु पर्छ भन्ने मान्यता अनुसार व्यापार संघले स्वाश्थ्य शिविर लगायतका सामाजिक क्रियाकलाप गर्दै आएको बताए । उनले समाजको विकासका लागि व्यवसायीक संघसंस्थाको भूमिका पनि महत्वपूर्ण हुने बताउदै आफ्नो पच्चिस बर्षको इतिहासमा धेरै जन अपेक्षित कामहरु गरेको दावी गरे । 

सो अवसरमा संस्थागत धारणा राख्दै संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले रुपन्देही व्यापार संघले स्थापनाकालबाट नै सामाजिक क्षेत्रमा काम गर्दै आएको स्मरण गराउँदै आफूहरुले परिणाममुखि काममा आफूहरुको सधै ध्यान केन्द्रीत हुने गरेको बताए । लुम्बिनी हस्पीटल एण्ड टेक्निकल कलेज, बुटवल (लुम्बिनी नर्सिङ् होम) को प्राविधिक सहयोग तथा रुपन्देही व्यापार संघ सेमलार शाखा र औषधि वस्तुगत उपसमितिको व्यवस्थापनमा भएको शिविरमा वरिष्ठ कन्सल्टेन्स फिजिसियन डा. प्रकाश भट्टराई, वरिष्ठ हाडजोर्नि तथा नशा रोग विशेषज्ञ डा. सम्राट पराजुली, वरिष्ठ कन्सल्टेन्स छाला रोग र सौन्र्दय विशेषज्ञ, डा. शर्मिला शर्मा वरिष्ठ कन्सल्टेन्स स्त्री रोग विशेषज्ञ, सिनियर मेडिकल अफिसर डा। निशा शाक्य, सिनियर मेडिकल अफिसर डा. गोकुल न्यौपाने, सिनियर मेडिकल अफिसर डा. गोविन्द भण्डारीले विरामीहरुको चेकजाच गरेका थिए । 
 
कार्यक्रम संघका अध्यक्ष दिपक प्रसाद अधिकारीको अध्यक्षता, कार्यक्रम संयोजक केदार नेपालको स्वागत तथा महासचिव फर्सुराम पन्थको सञ्चालनमा भएको थियो । यस अघि सालझण्डीमा यस्तै प्रकारको शिविर आयोजना गरिएको थियो, जसमा ६ सय भन्दा बढीले सेवा लिएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।