ताजा अपडेट »

नामिबियाका कप्तान जेहार्ड एरास्मसले काठमाडौंबाट खेल्ने

शनिबार, १० कार्तिक २०८१, ०८ : ३१
48 Shares
शनिबार, १० कार्तिक २०८१
48 Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा नामिबिया क्रिकेट टोलीका कप्तान जेहार्ड एरास्मसले काठमाडौं गुर्खाजबाट खेल्ने भएका छन् । काठमाडौंले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर एरास्मसलाई टोलीमा अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जनाएको छ ।

काठमाडौंले पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्यान्ड्सका विस्फोटक ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको थियो । २९ वर्षिय एरास्मसले हालसम्म नामिबियाका लागि ५२ ओडिआई तथा ६५ टि ट्वान्टी आई खेलेका छन् । हालसम्म टि ट्वान्टी आईमा एरास्मसले १ हजार ५ सय ५७ रन बनाउनुको साथै ५३ विकेट समेत लिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी मार्की खेलाडी रहेको काठमाडौंमा वसन्त शाही ठकुरी मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । एरास्मस एनपिएलमा अनुबन्ध हुने १३औं विदेशी खेलाडी हुन् ।

काठमाडौं गुखार्जको टिम : करण केसी, दिपेश कडेल, सुमित महर्जन, साहव आलम, शंकर राना, भीम सार्की, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, राशिद खान, कृष्ण कार्की, माईकल लेभिट र जेरार्ड एरास्मस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।