ताजा अपडेट »

दाङमा जिप दुर्घटना : २ जनाको मृत्यु, ३ गम्भीर घाइते

शनिबार, १० कार्तिक २०८१, ०८ : ०८
144 Shares
शनिबार, १० कार्तिक २०८१
144 Shares

दाङ । दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने ३ जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा जिप चालक दंगीशरण गाउँपालिका ४ बैबाङका २२ वर्षीय हिरामणि बुढामगर र कपुरकोट गाउँपालिका ६ बस्ने १९ वर्षीय सुरेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए उनका अनुसार उनीहरु दुबै जनाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिहान साढे ६ बजेतिर मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा परी घाइते हुनेमा कपुरकोट गाउँपालिका ६ बस्ने ३१ वर्षीया देवा वली, उनका १३ वर्षीय छोरा १३ महेश वली र १० वर्षीय छोरा १० जीवन वली रहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनालाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नर्सिङ होम नेपालगन्ज बाँके गरिएको प्रहरीको भनाइ छ ।

रोल्पा कोइलाबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप जिप शनिबार बिहान करिब ४ बजेतिर राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ३ साततले स्थित सडकदेखि करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको इप्रका तुलसीपुरले जनाएको छ ।

जिप दुर्घटना भएको खवर प्राप्त हुन साथ इप्रका तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीसहितको गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु–याएको थियो । प्रहरीका अनुसार गाडीमा चालकसहित ५ जना सवार रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।