ताजा अपडेट »

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय फुल तथा मालाको प्रयोग गरौँः मेयर पाण्डेय

शुक्रबार, ०९ कार्तिक २०८१, १५ : ११
38 Shares
शुक्रबार, ०९ कार्तिक २०८१
38 Shares

बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले तिहारमा स्थानीय फुलको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गरी प्लाष्टिकका फुल तथा माला प्रयोग गर्दा वातावरण प्रदुषण हुने र स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी मालाको प्रयोग गर्न आग्रह गरेका हुन् ।

साथै बुटवल क्षेत्र भित्र प्लाष्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्नु पर्ने बताउँदै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न पनि स्थानीय फुल तथा मालाको प्रयोग गर्न अनरोध गरेका छन् । 

af804b24-fade-4166-ad90-2e036cff9d44
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।