ताजा अपडेट »

बुटवलबाट प्युठान जाँदै गरेको जीप अर्गेलीमा दुर्घटना, १४ जना घाइते

शुक्रबार, ०९ कार्तिक २०८१, १४ : ५४
156 Shares
शुक्रबार, ०९ कार्तिक २०८१
156 Shares

बुटवल । बुटवलबाट प्युठानको अर्घा जाँदै गरेको जीप झिमरुक गाउँपालिका वडा नम्बर ६ अर्गेलीमा दुर्घटना भएको छ ।  लु २ ख ६३२२ नम्बरको जीप अनियन्त्रित भई सडकदेखि २५ मिटर तल खस्दा सो दुर्घटना भएको हो ।  

दुर्घटनामा परी १४ जना घाईते भएका छन् ।   घाईते हुनेहरुमा गौमुखि पाँचका सरोज केशि आठ बर्षको , ३२ वर्षीया सुनिता केसि ,४२ वर्षीया खिमा मल्ल ,   ३७ वर्षीय सन्तलाल गरुङ ,  ५५ वर्षीय रेमलाल थापा ,  ५० वर्षीय मोति पुन, झिमरुक ८ कि   ३२ वर्षीया साबित्रा बस्नेत , झिमरुक ५ का  ६०वर्षीय कुम्भ जिजि, धनकुमारी जिसि , मदानेका  ३८ वर्षीय सालिकराम कुवर , ५७ वर्षीया धनकुमारी घाइते भएका छन् ।

घाइते मध्य ३ जनाको परिचय नखलेको प्रहरीले जनाएको छ ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।