ताजा अपडेट »
सेल्स ग्रथ वर्कशप

‘सुस्ताएको व्यावसायलाई उकास्न भैरहवामा “सेल्स ग्रोथ वर्कसप”

शुक्रबार, ०९ कार्तिक २०८१, ०६ : ००
34 Shares
शुक्रबार, ०९ कार्तिक २०८१
34 Shares

रुपन्देहीको सामाजिक क्षेत्रमा सक्रिय रोटरी क्लब अफ भैरहवाको आयोजना र रोटरी क्लब अफ बुटवल सेन्टरको सह आयोजनामा यही कात्तिक गते १० गते शनिवार “सेल्स ग्रोथ वर्कसप विथ प्रनयना के.शी.” कार्यक्रमको आयोजना गरीदै छ । अहिलेको असहज समयमा पनि आफ्नो व्यापार व्यवसायमा कसरी सफलता प्राप्त गर्ने भन्ने विषमा केन्द्रित रहेर कार्यक्रमको आयोजना गरिएको हो । यसै सन्दर्भमा रोटरी क्लब अफ भैरहवाले यो कार्यक्रम आयोजना गर्नुको उद्देश्य के हो लगायतका समसामयिक विषयमा केन्द्रित रहेर ग्लोबल आवाजका लागि गौतम भुसालले क्लबका अध्यक्ष रामप्रसाद पन्थीसँग गरेको कुराकानी: 

सेल्स ग्रोथ वर्कसप के हो? यो किन आयोजना गर्न लाग्नु भएको हो?

– रोटरी भनेको बिजनेस हाउसको अर्गनाइजर पनि हो । यसमा विभिन्न पेसागत व्यवसायीहरु नै हुनु हुन्छ । व्यवसायीहरू नै भएको हुनाले यो कार्यक्रमको आयोजना गर्न लागेका हौँ । हामी सबै विभिन्न व्यवसायहरूमा आबद्ध भएका उद्योगी व्यवसायीहरू त छौँ नै तर, कोराेना महामारी पछि सबैको कामहरू अस्तव्यस्त भएको अवस्था र बजार बिक्री पनि तुलनात्मक रूपमा कम भइरहेको समयमा यसलाई कसरी बुस्ट सकिन्छ, अहिलेको विषम समयमा पनि कसरी अगाडी बढेर सफलता प्राप्त गर्ने भन्ने विषयमा नै वर्कसप केन्द्रित हुन्छ । हामीले अहिलेको समयमा व्यापार व्यवसायमा भएको मन्दीका कारण हाम्रा साथीभाइ हरूको खस्केको मनोबल माथि उठाउन पनि यो कार्यक्रम गरेका हौँ ।

हामीहरूले हाम्रा जति प्रडक्ट बिक्री हुन्छन् त्यसैबाट नै समाजमा सेवा गर्ने हो । यसकारण व्यवसायलाई बढाउने र कमाएको रकम मध्य केही अंश सामाजिक सेवामा लगाउने र कोरोना पछि सुस्ताएको व्यापारलाई बृद्धि गर्न कसरी सहयोग पुग्छ भनेर यो कार्यक्रमको आयोजना गरिएको हो ।  

यसमा को को सहभागी हुन् सक्छन् ? यसमा सहभागिताको हुनका लागि के गर्नु पर्छ ?

– यो कार्यक्रममा भाग लिन रोटरीमा आबद्ध भएकोले मात्रै नभई सबै प्रकारका व्यवसायीहरू सहभागी हुन खुल्ला छ । कार्यक्रममा व्यवसायमा  प्रडक्टको वा सेवाको बजार वृद्धि कसरी गर्न सकिन्छ भनेर सिक्ने सिकाउने हो । देश विदेशका विभिन्न ठुला र कहलिएका कम्पनीहरूमा सफल नेतृत्व गरेर आउनुभएकी कार्यक्रमकी मुख्य प्रशिक्षकज्यू बाट धेरै कुराहरू सिक्ने हाम्रो अपेक्षा हो ।  वर्कसपमा जो सिक्न आउनु हुन्छ उहाँहरूबाट प्रतिव्यक्ति ४००० को टिकट लिने भन्ने हाम्रो तयारी थियो । तर, धेरै साथीहरुले केही महँगो भयो भनेर गुनासो गरेपछि यसलाई घटाएर शुल्क न्यूनतम रूपमा २५०० निर्धारण गरिएको छ । जसमा खाना र हाई टि पनि सामेल छ । 

रोटरी क्लब भन्दा बाहिरबाट आउनेहरूका लागि पनि सोही शुल्कमा नै सहभागी हुन पाउने व्यवस्था गरिएको छ । यसबाट हामीहरूलाई कुनै फाइदा छैन । खर्च सम्म उठ्ने गरी कार्यक्रम बनाएका छौ । हामीहरूलाई सहयोग गर्नु हुने विभिन्न कम्पनीहरूले राम्रो काम गर्नु भएको छ भनेर हामीलाई अघि बढ्नका लागि उत्प्रेरणा पनि प्रदान गर्नु भएको छ । 

यो कार्यक्रममा कसले प्रशिक्षण दिनु हुन्छ । साथै कार्यक्रममा के के गतिविधि हुन्छ?

– हाम्रो यो कार्यक्रमको प्रशिक्षण दिनको लागि काठमाडौँबाट प्रनयना केसी आउने कार्यक्रम तय भएको छ । उहाँ दराजको पूर्व सिइओ पनि हो । उहाँले देशा ठुलो ठुलो सेल्स गर्ने कम्पनीहरूमा प्रशिक्षण दिने गर्नु हुन्छ । उहाँले हाम्रो छैटौँ सम्मेलनमा आएर धेरै राम्रो प्रस्तुति दिनु भएको थियो । विभिन्न कम्पनीबाट आउनु भएकाहरूले धेरै नै मन पराउनु भएको थियो । यसलाई रिभाइज गरेर ल्याउनु पर्छ भन्ने उहाँहरूको मागले गर्दा प्रनयना जी लार्ई ल्याउन लागेका हौँ । 

वर्कसपमा के–के सिक्न पाइन्छ नि ?

– वर्कसप सर्भिस होस् वा फिजिकल प्रडक्ट होस् । यी प्रडक्टलाई हामीले अहिलेको समयमा बजारमा कसरी बिक्री गर्न सकिन्छ । यसलाई समयानुसार प्रमोसन कसरी गर्ने? बेच्दा कसरी ल्याउने? गुणस्तर व्यवस्थापन कसरी गर्न सकिन्छ, आम नागरिकलाई आफ्नो सेवा वा उत्पादनमा कसरी आकर्षण गर्न सकिन्छ ? हाम्रो प्रडक्ट सेल्स कसरी बढाउन सकिन्छ भन्ने लगायतका कुराहरूका बारे मानै छलफल हुन्छ । प्रडक्टलाई वा सेवा लाई झुट्टो प्रचार नगरीकन इमानदारितापूर्वक बिक्री गर्ने लगायतका बिक्री कलाको बारेमा यस वर्कसपमा मन्थन हून्छ । र हामीले प्रशिक्षकबाट पनि उहाँका राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवहरू बारे पनि बुझ्ने सिक्ने काम हुन्छ ।

रोटरी सामाजिक संस्था भनेर आम नागरिकले चिन्ने गर्नु भएको छ । तपाईँहरू सोही अनुसारका गतिविधि सञ्चालन गर्दै आउनु भएको पनि छ । तर, अहिले सामाजिक भन्दा पनि व्यवसायीक प्रकृतिको कार्यक्रम गर्नुको तात्पर्य के हो नि? 

– पक्कै पनि रोटरी क्लब नितान्त रूपमा सामाजिक सेवा गर्नका लागि स्थापना भएको संस्होथा हाे । हामीले स्थापनादेखि अहिलेसम्म आउँदा धेरै नै सामाजिक सेवाका कामहरू गरेका छौँ । अहीलेकाे यो कार्यक्रम झट्ट हेर्दा व्यवसायीक प्रकृतिको देखिएता पनि यो व्यवसायीक र नाफा कमाउने उद्देश्य राखेर आयोजना गरिएको भन्ने होइन । यो कार्यक्रम गर्दा केही रकम बच्यो भने, बचेको  रकमले समाजमा कुन क्षेत्रमा सहयोगको आवश्यकता छ सो क्षेत्रमा हामी सहयोग गर्ने उदेश्य राखेर सुरु गरेका नै हौ ।

रोटरीको शिक्षा देखि स्वास्थ्य, वातावरण, मातृ शिशु, रोग निवारण तथा उपचार, शान्ती तथा द्वन्द व्यवस्थापन, सामुदायिक विकास, खानेपानी लगायतका सात वटा फोकस एरिया छन् । हामीहरूले त्यही क्षेत्रमा सहयोग गर्ने गरेका छौँ । हामीले यो कार्यक्रम गर्दा केही मात्रामा पनि पैसा बचाउन सकीयाे भने यी नै मध्य कुनमा बढी आवश्यक छ त्यही क्षेत्रमा सहयोग गर्छाै । बेलहीयमा जीर्ण अवस्थामा रहेको एउटा स्कुललाई हामीले सहयोग गरेर अहिले स्तर उकासेका छौँ । त्यो सहयोग पनि हामीले यस्तै कार्यक्रम गरेर नै गरेका हौँ । सिधा र सरल भाषामा भन्ने हो भने हामीले हामी बाटै पैसा उठाएर हाम्रै समाजलाई नै सहयोग गर्ने हो ।  

कुनै पनि कार्यक्रमका लागि आर्थिक व्यवस्थापन आवश्यक नै हुन्छ । सहभागि बाट टिकटको रूपमा उठाएको पैसाले पुग्दैन । अपुग रकम कसरी व्यवस्थापन गर्नु हुन्छ ?

– पक्कै पनि कार्यक्रममा १२० देखि १५० जनालाई मात्रै सहभागी गराउने सोच छ । उहाँहरूबाट टिकटको रूपमा उठाएको पैसाले त पुग्दैन । कार्यक्रम सम्पन्न गर्नका लागि ५ लाख खर्च हुने अनुमान गरेका छौँ । टिकटबाट उठेको रकम सहभागीको खाना र नास्तामै सकिन्छ । त्यो बाहेक लजेस्टीक, प्रर्वधन तथा स्टेस्नरी लागाएतका अन्य खर्चहरू पनि छन् । ट्रेनरलाई फि पनि छ ।  हामीलाई विभिन्न रोटरी मेम्बरहरू बाट आफ्नो कम्पनीको पनि प्रचार हुन्छ भनेर स्पाेन्सर पनि प्राप्त भएको छ। यसरी हामीले टिकट अनि प्राप्त स्पोन्सबाट खर्चको व्यवस्थापन पुग्ने अनुमान गरेका छौँ ।

अन्त्यमा केही भन्न छ कि?

– रोटरी एउटा पवित्र सामाजिक संस्था हो । समाजमा पूर्ण काम गर्नका लागि सम्भव पनि हुँदैन । जस मध्य केही अंश मात्रै काम गर्न सकिन्छ । अन्य संस्थाहरूले पनि यस्तै यस्तै काम गरेर समाजसेवाको काम गर्नु पर्छ । साथै यस्ता सामाजिक संस्थाहरूलाई नकारात्मक कुरा नगरी काम गर्नका लागि प्रोत्साहित पनि गर्नु पर्छ । सामाजिक संस्थाहरू समाजलाई परिवर्तन गर्न चाहन्छन्, समाजलाई अगाडी बढाउन चाहन्छन् भनेर बुझिदिनुहुन सबैमा आग्रह गर्दछु । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।