ताजा अपडेट »

दोभानमा जारी सेभेन ए साइड फुटबलमा विहिबारदेखि दोस्रो चरणको खेल सुरु

विहीबार, ०८ कार्तिक २०८१, २० : ०२
36 Shares
विहीबार, ०८ कार्तिक २०८१
36 Shares

तिनाउ । दोभान फुटबल क्लबद्वारा आयोजित सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तरगत विहिबारदेखि दोस्रो चरणको खेल सुरु भएको छ । क्लबको खेल मैदान दोभान–२ मा जारी प्रतियोगितामा विहिबा ४ वटा खेल सम्पन्न भए । 

प्रतियोगिताका संयोजक सुनि श्रेष्ठका अनुसार शिवनगर युवा परिवार, न्यु ब्वइज एफसी तानसेन, नवजिवन एफसी र गुडमर्निङ एफसी अघिल्लो चरणमा प्रवेश गरेका छन् । विहिबारको पहिलो खेलमा विनगरले बाँके एफसीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो । दुबैतर्फबाट समान २ गोल भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । उक्त खेलमा शिवनगरका जर्सि नम्बर १ शैलेंस ठकुरी म्यान अफदी म्याच घोषित भए । यसैगरी दोस्रो खेलमा न्यु ब्वाइजले खस्यौली एफसीलाई ३–३ गोल अन्तरले पराजित गरेको हो । उक्त खेलमा न्यु ब्वाइजमा जर्सि नम्बर ९ का शुसिल थापा म्यान अफ दी म्याच घोषित भए । यसैगरी तेस्रो खेलमा दमकडा ब्रोदर्शलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुबै समुहबाट गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ दी म्याच नव जीवनका जर्सि नम्बर १ का विवेक क्षेत्री भए । विहिबारको अन्तिम खेलमा विजेता बनेको गुडमर्निङ एफसीले मनिमुकुन्द एफसीलाई ४–३ गोल अन्तरले पराजित गर्यो । उक्त खेलमा गुडमर्निङका जर्सि नम्बर १६ का रिम्बा सुनार भए । 

तिनाउ गाउँपालिकासहित विभिन्न सामाजिक तथा व्यवसायिक संघ संस्थाको आर्थिक सहयोगमा जारी प्रतियोगितामा २९ समुहको सहभागिता रहेको छ । उपाधिका लागि अन्तिम खेल यही कार्तिक १३ गते हुने आयोजकले जनाएको छ । समुह चरणको खेल अन्तरगत शुक्रबार पनि ४ वटा नै खेल हुने भएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।