ताजा अपडेट »

नेपाल समुह विजेता बन्दै साफ वुमन्स फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश

विहीबार, ०८ कार्तिक २०८१, १९ : ३९
54 Shares
विहीबार, ०८ कार्तिक २०८१
54 Shares

काठमाडौं । नेपालले घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरत रंगशालामा समुह चरणको अन्तिम खेलमा विहिबार श्रीलङ्कालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

३ खेलपछि भुटान र नेपाल दुवैले समान ७ अंक जोडे। गोलअन्तरमा नेपाल विजेता र भुटान उपविजेता बने। बिहीबार भएको खेलमा भुटानले मालदिभ्सलाई १३-० गोलले हराएपछि नेपाललाई समूह विजेता बन्न सजिलो थिएन । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा मालदिभ्सलाई ११-० गोलले हराएको थियो ।

भुटानले दोस्रो खेलमा श्रीलंकालाई ४-१ गोलले हराएको थियो। नेपालले पहिलो चरणमा १७ गोल गर्यो भने एक गोल पनि व्यहोरेन । भुटानले १७ गोल गर्यो भने एक गोल व्यहोर्यो । भुटानले सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग खेल्ने छ भने नेपालल भारतसँग खेल्ने छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।