ताजा अपडेट »

यो देश बिगार्यो चाहिँ कसले ?

विहीबार, ०८ कार्तिक २०८१, १५ : ५१
38 Shares
विहीबार, ०८ कार्तिक २०८१
38 Shares

विनोद पाण्डे/ कठिन प्रश्नको कठोर जवाफ दिने प्रयास गरेको छु । मैले तल व्यक्त गरेक‍ो मेरो जवाफमा असहमती हुनुहुन्छ भने साच्चै भनिदिनुस न यो देश बिगार्यो चाहिँ कसले? 

१) विद्यालय र क्याम्पसको कक्षा भित्र शिक्षा,पुर्वाधार,जनशक्ति र भविश्यको सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने  विद्यार्थी राजनीतिक दलको झण्डा बोक्न र दलको चाकडी र चाप्लुसिसहित दलको भातृ संगठन  सन्चालन गर्न लाग्छन भने हो यो देश विद्यार्थीले विगारे ।

२) विद्यालय र क्याम्पसमा  अध्यापन गराउनुपर्ने शिक्षक दलको सिद्वान्त र विचार पढाउँदै दलको समिति र सभा चलाउन लाग्छन भने हो यो देश शिक्षकले विगारे ।

३) सेवाप्रवाह,योजना निर्माण, पुर्वाधार विकासमा सक्रिय हुनुपर्ने कर्मचारी सरुवा र वढुवाको स्वार्थमा दलको सेवा र चाकडी गर्न लाग्छन भने हो यो देश कर्मचारीले विगारे, 

४) सुचना र सन्चारको सिद्वान्तबाट पक्षपोषित भई निष्पक्ष, तटस्थ र समानताको सिद्वान्तबाट पत्रकारिता गर्नुपर्ने पत्रकारले दल अनुकुल समाचारको मसला  बनाउन लाग्छन भने हो यो देश पत्रकारले बिगारे 

५) उद्दोग स्थापना,रोजगारी सिर्जना,उद्दोग नितिको निर्माण, उद्योग क्रान्ति गर्नुपर्ने उद्योगी र उद्यमीहरु आफ्नो स्वार्थ पुरा गर्न राजनीति दललाई दानको रुपमा जग्गा र धन दिन लाग्छन् भने हो यो देश उद्योगी र उद्यमीले विगारे। 

६) निर्धारित समयमा गुणस्तरीय पुर्वाधार  विकास गर्नुपर्ने ठेकेदारले दलको सदस्यताको रुपमा टेन्डर प्राप्त गर्ने र सरकारको पैसामा रजाई गर्न लाग्छन भने हो यो देश ठेकेदारले विगारे, 

७) असल र कुशल शासक, घोषणापत्रमा उल्लेखित योजना,सम्भाव्यता र कार्यान्वयनको  गति समेतको विश्लेषण गरि प्रतिनिधि छनौट गर्नुपर्ने मतदाता एक दिन रक्सि र मासु खाएको तालमा भोट  दिन लाग्छन भने हो यो देश मतदाताले विगारे ।

८) वर्तमान अवस्थाको परिस्थिति अनुकुल भुमिका निर्वाह गर्नुपर्ने ,सन्तानको उदाङगो भविष्य बचाउन लाग्नुपर्ने वृद्व बा आमा आफ्नो बा आमाले  रोजेको दलनै रोज्न पर्छ भनी त्यहि दल बारम्बार रोज्न लाग्छन भने हो यो देश बृद्व बा आमाले विगारे, 

९) विकृति र विसङगतिको विरुद्वमा  लाग्नुपर्ने ,भ्रष्टाचार विरुद्व कठोर हुनुपर्ने,देशको खराब राजनीतिप्रति चासो राखी राष्ट्र निर्माणको अभियानमा लाग्नुपर्ने युवा आफ्नो भविष्य विदेशमा देख्छन,देशको राजनीतिक परिवर्तनमा चासो देखाउदैनन ,राष्ट्रियतामा सरोकार राख्दैनन र देश निर्माणमा जुट्दैनन भने हो यो युवाले बिगारे,

यो देश नबिगारेका भन्ने नेता मात्र हुन किनभने उनिहरुले चाहेको देश चाहे अनरुप चलाईरहेका छन । तपाईको विचारमा देश विगार्यो चाहिँ कसले?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।