ताजा अपडेट »

युद्ध निषेधको लागि मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको प्रदर्शन

विहीबार, ०८ कार्तिक २०८१, १५ : ४३
18 Shares
विहीबार, ०८ कार्तिक २०८१
18 Shares

बुटवल ।  मानवअधिकार तथा शान्ति समाज रुपन्देही जिल्लाले ७९ औँ राष्ट्रसंघ स्थापना दिवसका अवसरमा युद्ध निषेधको लागि प्रदर्शन  गरेकोछ । आज बिहान बुटवल हस्पिटलचोक ९हस्पिटललाइन० मा अधिकार  कर्मी, सन्चारकर्मी र अभियान्ताको उपस्थितिमा प्रदर्शन गरिएको हो।

प्रदर्शनमा इजरायली बर्बरताः विश्व शान्तिका लागि खतरा, हमास र हिजबुल्लाहको आतंकः विश्व शान्तिका लागि खतरा, इजरायली बर्बरताः मानवता विरुद्धको अपराध हो, राष्ट्रसंघः विश्वलाई युद्धको विभीषिकाबाट बचाउने दृढता खोइरु, राष्ट्रसंघ शक्ति राष्ट्रका अगाडि लाचार किन?, मानव जातिको अस्तित्वका लागि युद्ध रहित विश्व आवश्यक, रुसः तत्काल युद्ध अन्त्य गर, अमेरिकाः इजरायली बर्बरतालाई समर्थन गर्न बन्द गर , राष्ट्रसंघ बडापत्रको प्रस्तावनाः युद्ध विहिन विश्वको परिकल्पना , इजरायलः विद्यालयमाथिको आक्रमण बन्द गर , इजरायलः शान्ति सेनामाथि आक्रमण बन्द गर  का नारा सहितका प्लेकार्ड बोलिएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले विश्वभरि भएका युद्ध  अविलम्ब  अन्त हुनुपर्ने माग गरे। उनले युद्धका बाछिटाले कुनै पनि मानवअस्तित्व र  मानवबस्तिहरुमा असर गर्नु जगन्य अपराध भएको औल्याए ।   नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले मानवअधिकारको एजेन्डामा पत्रकारहरु शान्ति समाजको सदैव साथमा रहेकोे बताए। पुर्व सभापति हरिश ढकालले शान्तिको विकल्प हुनै नसक्ने  उल्लेख्य गर्नु भयो निबर्तमान सभापति खिम प्रसाद भट्टराई (कृष्ण) ले शान्ति समाजको अभियान  युद्ध निशेध र शान्ति विशेषको रहेको बताए।

जिल्ला सभापति अर्जुन ज्ञवाली समाज, देश र विश्वमा शान्ति र अहिम्सा कायम गर्ने हरेक प्रकारका युद्ध निषेध गर्न  सरोकारवालालाइ जोडदार माग गर्नुभएको थियो। उहाँले मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिन्साको लागि आफुहरुको अभियान  लगातार लागिरहने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेल, पत्रकार स्वस्तिक श्रेष्ठ तथा प्रकाश खनाल,  फ्युचर स्टार क्लबका अध्यक्ष अमिर खड्का लगायत समाजसेवी , नागरिक अभियान्ताहरु, शान्ति समाजका रुपन्देहीका पदाधिकारी, सदस्यको उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा कोषाध्यक्ष मोहनिलाल न्यौपानेको स्वागत,  सभापति अर्जुन  ज्ञवालीको अध्यक्षता र सचीव लिलाधर लुइँटेलको संचालनमा सप्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।