ताजा अपडेट »

४९ उद्योगलाई प्राधिकरणले बौक्यौता तिर्न दिएको म्याद आज सकिँदै

विहीबार, ०८ कार्तिक २०८१, ०८ : ३७
12 Shares
विहीबार, ०८ कार्तिक २०८१
12 Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बौक्यौता तिर्न दिएको समयसीमा आज सकिँदै छ । डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै प्राधिकरणले गत असोज २४ गते म्याद तोकेको थियो । 

यसैबीच ऊर्जा मन्त्रीको अध्यक्षमा प्राधिकरणको बैठक आज बस्दै छ । ऊर्जा मन्त्रीको अध्यक्षताको बोर्डमा ऊर्जा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयको राजश्व सचिव, रतन ऐर, भरत आचार्य, भक्तबहादुर पुन र कपिल आचार्य छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव हुन्छन् । बैठकमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको समयसीमाबारे छलफल हुने छ ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ । तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को महसुल तिरेका छैनन् । प्राधिकरणले त्यस्ता उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।