ताजा अपडेट »

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा रमाउदै

विहीबार, ०८ कार्तिक २०८१, ०८ : ०८
36 Shares
विहीबार, ०८ कार्तिक २०८१
36 Shares

रामपुर। उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै भेटीन्छन । व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा जिल्लाकाे रामपुर नगरपालिका–८ आँपचौरका भुवन भने अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन ।

उनकाे व्यवसाय पाल्पामा नमूना बनेको छ । उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छ । “गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु”, उनले भने, “यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ ।” उनी विगत सात वर्षदेखि  कुखुरापालन व्यवसायमा आबद्ध छन ।

पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उनले कुखुरापालन गरेका छन । उनकाे फार्ममा हाल एक हजार सात सय ५० बोइलर कुखुरा छन् । सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पालेका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गरेका छ । उनकाे फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने सात सय ५० हुर्कदै गरेका चल्ला छन् । कुखुरा बिक्रीका लागि बजारको समस्या छैन । रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्याल बताउछन्। उनले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिलाई हुर्काएर बिक्री गर्दै आएकाछन ।

उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पाल्न थालेकाहुन। यसबाट वार्षिक सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउछन । स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उनले बताए । अर्यालले व्यवसाय धान्न एक जनालाई रोजगार पनि दिएका छन । उनले टिक्ने खालको संरचना बनाएर व्यवसाय गरेका छन ।

गाउँका तीन जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आएका छन । कुखुरापालन संगसँगै उनले माछापालन पनि गरेका छ । रामपुरमा उनकाे व्यवसाय ठूलो र नमूना खालको भएकाले पनि यहाँ फार्म अवलोकन गर्न आउने  गरेको पाइन्छ । उनकाे फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो भएकाे उनी बताउछन । अर्याललाई यो व्यवसायले दाम मात्र नभई समाजमा नाम पनि दिलाएको छ ।

व्यवसाय थाल्ने बित्तिकै धेरै आम्दानी गर्छु भनेर गर्ने होइन, कसरी लामोसमयसम्म टिकाउन सकिन्छ, धैर्यका साथ काम गरियो भने अवश्य पनि सफलता मिल्ने उनकाे अनुभव छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।