ताजा अपडेट »

नारायण खनाल नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मै फर्किए

विहीबार, ०८ कार्तिक २०८१, ०७ : ४८
68 Shares
विहीबार, ०८ कार्तिक २०८१
68 Shares

\बुटवल । तीन वर्ष अघि नागरिक अभियान्ता डम्बर खतिवडासँग मिलेर नागरिक पहिलो अभियान संचालन गर्दै आएका  कपिलवस्तुका नेता नारायण खनालले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मै आवद्ध भएका छन् । कार्तिक ५्६ गते पोखरामा आयोजित नेपाल समाजवादी  पार्टी नेपालको प्रथम विधान अधिवेशनमा सहभागि हुदैँ आफु पुन नेपाल समाजवादी पार्टीमा आबद्ध भएको बताएका हुन् ।

मेरो राजनैतिक लिगेशी ,भावना र बिचारको प्रतिनिधित्व  गर्ने पार्टी र नेतृत्व समाजवादी पार्टी नै हो । तर , देशमा साचो  अर्थको  प्रगतिशील  लोकतान्त्रिक बिकल्प बन्ने  प्रश्नमा  खरो रुपमा उत्रने नसकेका  कैयौं  प्रश्न हरु हाम्रो अगाडि  रहेको कुरा पनि त्यतिकै  साचो हो ।त्यो कुरा  लाई निकट भबिश्यमै पुष्टि गर्ने प्रतिबद्धता सहित डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपा पार्टी  (नयाँ शक्ति मा ) सक्रि भएको हुँ, उनले भने ।

पूर्वप्रधानमन्त्री  डा.बाबुराम भट्टराईले  नेता  नारायण खनाललाई   पार्टीमा स्वागत गरेका थिए । नेता खनाल भुमिगत समयदेखि नै डा. भट्टराईको पक्षमा उभिदै आएका भथिए । उनी नयाँ शक्ति ,समाजबादी ,जसपाको केन्द्रीय समितिमा रहेर काम समेत गरेका थिए ।  तर ,नेसपा नेपालको गठन हुँदा उनले कही विषयमा असहमति  प्रकट गर्दै बाहिरिएर कुनै पार्टीमा पनि लागेका थिएनन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।