ताजा अपडेट »

चितवनका सीडीओ र एसपी एक साथ फिर्ता बोलाइए

विहीबार, ०८ कार्तिक २०८१, ०१ : ०३
10 Shares
विहीबार, ०८ कार्तिक २०८१
10 Shares

बुटवल । चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरकारले  बुधबार एकसाथ फिर्ता बोलाएको छ।  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ भने चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश्वर रिमाललाई पनि चितवनबाट हटाइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालयका प्रकाश पौडेललाई सरुवा गरिएको छ।

चितवनबाट हटाइएका एसपी रिमाल मानव बेचविखन ब्युरोमा गएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी  दिएका छन। चितवनको प्रहरी प्रमुखमा भने मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्रलाई सरुवा ल्याइएकाे छ।

रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सरकारविरुद्ध जथाभावि आन्दोलन गर्दा पनि प्रजिअ यादव र एसपी रिमालले त्यसलाई रोक्न नसकेको उनीहरुमाथि आरोप छ।  रास्वपाका कार्यतर्काले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदी किनारमा दाह संस्कार गरेका थिए। उक्त कार्यलाई प्रशासनले रोक्ने प्रयास समेत नगरेको भन्दै जिल्लाका सुरक्षा प्रमुखहरू एकैसाथ फिर्ता गरिएको हो। 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।