ताजा अपडेट »

नेपाली र हिन्दी भाषामा निर्माण भएको चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक (भिडियाे)

बुधबार, ०७ कार्तिक २०८१, २३ : ०३
26 Shares
बुधबार, ०७ कार्तिक २०८१
26 Shares

 बुटवल । बाबु साहेब बलामीकाे निर्देशनमा बनेकाे चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक भएको छ। आगामी मंसिर ७ गतेबाट देशव्यापी प्रर्दशनमा आउने चलचित्रको टिजरमा एक्सन, रोमान्स र थ्रिलर समेटिएको टिजरमा देखिन्छ। टिजरमा चलचित्रका नायक कुन्दन भारद्वाजले आफ्नो गाउँका नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ।  

चलचित्रमा कुन्दनसँगै नायिका अनुजा लेप्चा, कलाकार सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई पनि देख्न सकिन्छ।  मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा कुन्दन, अनुजा, सुनिल, ध्रुब , ह्यारीसहित नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, र मौसम पौडेलको अभिनय रहेकाे छ।

मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन्। नेपालको सिमरा, वीरगन्ज, इटहरी र काठमाडौँ तथा भारतमा विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद रहेको छ। 

चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको छ।  चलचित्रलाई हरिबहादुर घलेले खिचेका छन  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।