ताजा अपडेट »

लुम्बिनीमा थपिए ३ मन्त्री, भोलि शपथ

बुधबार, ०७ कार्तिक २०८१, १८ : २४
106 Shares
बुधबार, ०७ कार्तिक २०८१
106 Shares

बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा तीन मन्त्री थपेका छन् । आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्म जय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवारलाई सरकारमा समावेश गरेका हुन् । त्यस्तै जसपा (राई ) पक्षबाट  बाँकेका आदेश अग्रवाल पनि मन्त्री बनेका छन् । 

तिमिल्सिनाले सामाजिक विकास मन्त्रालय , कलवारले वन  तथा वातावरण र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरू शपथ बिहीबारका लागि तयारी गरिएको छ । 

मन्त्रीहरू थपिएको इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले नवनियुक्त मन्त्रीहरूको भोलि बिहान शपथग्रहणको तयारी भएको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।