ताजा अपडेट »

डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली

बुधबार, ०७ कार्तिक २०८१, १६ : ५७
14 Shares
बुधबार, ०७ कार्तिक २०८१
14 Shares

काठमाडाै।  प्रधानमन्त्री केपी शर्मा ओलीले दूरदराजका क्षेत्रमा सञ्चार सम्पर्क विस्तार गर्ने क्रममा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताएका छन् ।

वर्तमान सरकारको एकसय दिने कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै आज प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले सम्पन्न गरेको ‘फाइबर टु द होम’ (एफटिटिएच) सेवा विस्तार महत्वपूर्ण उपलब्धिका रुपमा रहेको उल्लेख गर्नुभयो । “हुम्ला एक मात्र यस्तो जिल्ला थियो, जहाँ ‘एफटिटिएच’ सेवा अझै पुगेको थिएन ।

गत भदौदेखि यो सेवा सञ्चालनमा आएसँगै मुलुकका ७७ वटै जिल्लामा यसको पहुँच पुर्‍याएका छौँ”, उनले भने् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।