ताजा अपडेट »

सरस्वती स्कूलको स्वर्ण महोत्सवः सप्ताहव्यापी कार्यक्रम

शनिबार, ०३ फागुन २०७६, १९ : १४
14 Shares
शनिबार, ०३ फागुन २०७६
14 Shares

फागुन ३,

ग्लोबल आवाज

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ झिगामारामा अवस्थित सरस्वति आधारभूत विद्यालयले आगामी फागुन ७ गते स्वर्ण महोत्सब मनाउने भएको छ । सवर्ण महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको बताउँदै विद्यालय व्यवस्थापन समिती अध्यक्ष कृष्णबहादुर खड्काले महोत्सवका अवसरमा सम्पूर्ण भुपु शिक्षक, विद्यार्थी तथा व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी गराए ।

वि.स.२०२७ सालमा थाकलले बारेर स्थापना भएको यस विद्यालयमा अहिले भने सुविधा सम्पन्न भवन र कक्षा कोठाको व्यवस्था भएको खड्काले बताए । विद्यालयले संवरण महोत्सवको अवसरमा सप्ताहव्यापी खेकूद तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक धातान्नद ज्ञवालीले जानकारी दिए ।

विविध साँस्कृतिक कार्यक्रमहरुसहित आयोजना हुने मूल समारोहको पूर्व सन्ध्यामा अभिभावक बीच घैटो फोर, चम्चा दौड लगायतका प्रतियोगिगाहरू आयोजना गरिनुका साथै अन्तरक्रिया समेत गरिने उनले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्तरगत हाजिरी जवाफ,लोक नृत्य, रसी तान, म्याराथुन, शब्द अन्ताक्छिरी, कपड्डी लगाएतका प्रतियोगिताहरु जारी रहेको प्रध्यानाध्यापक ज्ञवालीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।