ताजा अपडेट »

सत्ता पक्षका दलहरुको बैठक बालुवाटारमा शुरु

बुधबार, ०७ कार्तिक २०८१, १० : ३२
184 Shares
बुधबार, ०७ कार्तिक २०८१
184 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता पक्षका दलहरुको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेर अघि बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।

प्रधानमन्त्री ओलीले आजै सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सत्तारुध दलको बैठक बोलाएको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।