ताजा अपडेट »
सहकारी ठगी प्रकरण

रुपन्देहीमा छविलाल जोशिको साढे ७ घण्टा बयान लियो, भोलि पोखरा पठाइने

मंगलबार, ०६ कार्तिक २०८१, १९ : २८
90 Shares
मंगलबार, ०६ कार्तिक २०८१
90 Shares

बुटवल । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग सरकारी वकिलको कार्यालयले साढे ७ घण्टा बयान लिएको छ ।  मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म मुद्दाका विभिन्न ५७ सवालमा बयान लिएको हो।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको रोहवरमा बयान गरिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी खनालले जोशिको बयान सकिएको र भोलि विहान पोखरा फिर्ता गरिने बताइन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको रोहवरमा बयान गरिएको हो। सहकारी अपचलनका विषयमा पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइरहँदा सहकारीपीडितहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्।

सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोप उनीहरूले लगाएका छन्। जोशिलाई बयान सकिएसँगै इलाका प्रहरी कार्यालय बुटवलमा ल्याइएको छ । जोशि आज बुटवल प्रहरीको हिरासतमा बास बस्ने छन् ।जोशिको रुपन्देहीमा सोमबार पनि बयान लिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।