ताजा अपडेट »

स्रोत नखुलेको साढे २० लाख भारतीय रूपैया सहित कपिलवस्तु बाट २ जना पक्राउ

मंगलबार, ०६ कार्तिक २०८१, १६ : १५
98 Shares
मंगलबार, ०६ कार्तिक २०८१
98 Shares

कपिलवस्तु ।  कपिलबस्तुमा स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटिका ३९ वर्षीय उमेश सखाराम र ३३ वर्षका सलमान कुरेसिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

सोमबार जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित लिङ्गेटमा खटिएको प्रहरी चेकिङ टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको भाडाको गाडी चेकजाँच गर्ने क्रममा उमेश सखारामको साथबाट १२ हजार ५० हजार र सलमान कुरेसियाकोे साथबाट ८ लाख भारतीय रुपैयाँ फेला परेको हो ।  

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठइएको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।