ताजा अपडेट »

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

मंगलबार, ०६ कार्तिक २०८१, १४ : ४९
54 Shares
मंगलबार, ०६ कार्तिक २०८१
54 Shares

काठमाडौं । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान छ ।

एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले तिहारबेला प्रत्येक वर्ष फुल र मालाको माग १० प्रतिशतले बढ्दै गएको बताए । यसबर्ष ४५ लाख माला खपत हुने पनि उनले अनुमान गरे । तिहारमा काठमाडौं उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । 
पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।