ताजा अपडेट »

रुपन्देहीमा भन्सार छलेर ल्याइएका साढे ११ लाख मूल्यको सामग्री बरामद

मंगलबार, ०६ कार्तिक २०८१, १३ : ४७
102 Shares
मंगलबार, ०६ कार्तिक २०८१
102 Shares

बुटवल । रुपन्देहीमा साढे ११ लाख भन्दा बढी भन्सार छलि गरी ल्याउँदै गरेको समान प्रहरीले नियन्त्रणमा लिएकोे छ।

आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलिले ओमसतिया गाउँपालिका ४ स्थित बालापुर चोकबाट भन्सार छलि गरी ल्याउँदै गरेको अबैध सामान बरामद गरेको हो ।

बरामद हुने समानमा ३० सेट मोबाइल फोन, जुत्ता ७० जोर, चकलेट ८ कार्टुन, बुकि पेपर ४ बोरा र ताजा फुल तथा पुलका विरुवा ७० केजी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता डिएसपी लक्ष्मी खनालले बताइन् ।

ती समानहरुको बजार मूल्य ११ लाख ५१ ह्जार ८ सय रहेको उनले बताइन् । आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको उनले बताइन् ।   
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।