ताजा अपडेट »
सहकारी ठगी प्रकरण

रुपन्देहीमा छविलाल जोशिको बयान सुरु, बाहिर सहकारी पीडितको नारावाजी

मंगलबार, ०६ कार्तिक २०८१, १३ : ३२
66 Shares
मंगलबार, ०६ कार्तिक २०८१
66 Shares

बुटवल । सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउगरी रूपन्देही ल्याइएका गोर्खा मिडिया नेटर्वकका तत्कालीन सञ्चालक छविलाल जोशीको बयान शुरू भएको छ । अनुसन्धानका लागि प्रहरीले जोशिलाई मंगलबार रुपन्देही ल्याइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले बयान लिइरहेका छन् । तर, बाहिर भने सहकारी पीडितहरुले आफुहरुको बचत रकम फिर्ताको माग गर्दै चर्को नारावाजी गरिरहेका छन् ।

उनीहरुले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई ९जीवी० लाई राजनीतिक संरक्षणमा भगाइएको आरोप समेत लगाएका छन् । बचत रकम फिर्ता गर, हाम्रो रगत–पसिनाको कमाई फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीवी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर पीडितले विरोध गरेका हुन् । उनीहरुले रवि लामिछाने, जोशी र जीवी राईलाई राजनीतिक संरक्षण भएको समेत आरोप लगाएका छन्  ।

संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका थिए । जोशिलाई बयानसकिए पछि पुनः पोखरा नै फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता डिएसपी लक्ष्मी खनालले बताइन् ।

सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।  सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि अहिले पोखरा प्रहरीको हिरासतमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।