ताजा अपडेट »

अब कपिलबस्तुको महाराजगन्जदेखि काठमाडौं एसी बस सन्चालन

मंगलबार, ०६ कार्तिक २०८१, ११ : २२
158 Shares
मंगलबार, ०६ कार्तिक २०८१
158 Shares

महाराजगन्ज । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्ज देखि काठमाडौं सम्म सुविधा संपन्न एसी बस कार्तिक २ गते शुक्रवार संचालनमा आएको छ । 

बस काउन्टर महाराजगन्जको आयोजना र हनुमान गुप्ताको नेतृत्वमा एक कार्यक्रम बीच पुर्व राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेयले महाराजगन्ज देखि काठमाडौं जाने एसी बसको उद्घाटन गरे । बस पश्चिमाञ्चल बस व्यवस्थापन समिति द्वारा संचालनमा आएको हो । प्रत्येक दिन साझा ६ बजे महाराजगन्जमा बस निस्किन्छ यो कुरा हनुमान गुप्ताले जानकारी दिए । 

कार्यक्रममा पुर्व सभा सदस्य दृगनारायण पाण्डेय , समाजसेवी हनुमान गुप्ता, नेकपा एमाले महाराजगन्जको अध्यक्ष निजामुद्दीन खान, बुद्धभुमि क्याम्पस प्रमुख कृष्ण खनाल,   फलहारी बाबा बहुमुखी क्याम्पसको सभापति अभिषेक मणि यादव, समाजसेवी दिनेश गुप्ता र बुद्धि देवि बेल्बासे लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।