ताजा अपडेट »

दोभानमा जारी सेभेन ए साइड फुटबलमा सोमबार ३ खेल सम्पन्न

मंगलबार, ०६ कार्तिक २०८१, ०८ : ३१
106 Shares
मंगलबार, ०६ कार्तिक २०८१
106 Shares

तिनाउ । दोभान फुटबल क्लबद्वारा आयोजित सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तरगत सोमबार ३ वटा खेल सम्पन्न भएका छन् । प्रतियोगितामा जित दर्ता गर्दै तिलोत्तमा एफसी, गुडमर्निङ एफसी र एलसीएफसीले जित दर्ता गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । 

तिलोत्तमा एफसीले युनाइटेड एफसीलाई ४–३ गोल अन्तरले पराजित गरेको हो भने गुडमर्निङ एफसीले जीआर एफसीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । यसैगरी एलसीए एफसीले भने पेनाल्टी सुट आउटमा गड्डा एफसीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । दुबैतर्फाट २–२ गोल भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो । 

सोमबारको प्रतियोगितामा म्यान अफ दि म्याच बनेका बिरु बुढा, रिम्व सुनार र मोहन शाहीलाई तिनाउ–२ का वडा अध्यक्ष यादव अर्याल, पुर्व वडा अध्यक्ष राजेश श्रेष्ठ तथा समाजसेवी शेर बहादुर थापाले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा २९ समूहले भाग लिएका छन् ।  यही कार्तिक १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने संयोजक सुनिल श्रेष्ठले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।