ताजा अपडेट »

देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश, मन्त्रीपरिषद्को बैठक स्थगित

सोमबार, ०५ कार्तिक २०८१, १६ : ५८
268 Shares
सोमबार, ०५ कार्तिक २०८१
268 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गर्न खोजेको दल विभाजन सम्बन्धी अध्यादेशको भविष्य फेरि अन्योलमा परेको छ। 

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्ण सहमति प्राप्त हुन नसकेपछि सो अध्यादेश अन्योलमा परेको हो। अध्यादेश ल्याउने तयारीका साथ आज बोलाइएको मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो देउवाले अध्यादेश ल्याउन सहमति नजनाएपछि रोकिएको हो । 

आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरेपनि सत्ता साझेदार दल नेपाली कांग्रेसले रिर्जर्भेसन राख्दै आएको थियो । आजको बैठक स्थगित हुनुमा पनि सोही कारण रहेको हुन सक्ने मन्त्रीले बताए । 

संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपालगायतका साना दल विभाजन गर्ने तयारीमा थिए ।  तर कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा जान नहुने अडान राखेपछि ओलीको उक्त योजना तत्काललाई असफल भएको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।