ताजा अपडेट »

सरकारलाई गिज्याइरहेको हेटौँडा–काठमाडौं सडकमा यात्रुलाई सास्ती

सोमबार, ०५ कार्तिक २०८१, १६ : ०२
14 Shares
सोमबार, ०५ कार्तिक २०८१
14 Shares

काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङ—चन्द्रागिरि—काठमाडौंमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् । असोजको दोस्रो साता आएको अविरल वर्षापछि सडक थप क्षतिग्रस्त भएपछि यात्रा गर्न कठिन भएको हो । सरकारले पर्याप्त मर्मत संभार नगर्दा यात्रुहरुले दिनहुँ सास्ती व्यहोर्दै आएका छन् ।

बाढीपहिराका कारण क्षतिग्रस्त सडक सञ्चालन गर्न  सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोली सक्रिय रहेपनि यातायातको चाप बढ्दा थप जोखिम बढेको हो । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरी यो सडक क्षतविक्षत हुँदा खाद्य एवम तरकारी ओसारपसार गर्न पनि समस्या भइरहेको छ ।

बागमती प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, कर्मचारीहरु र सरकार सञ्चालन गर्ने अरु संघ र प्रदेशका व्यक्तिहरु संघीय राजधानीसम्म ओहोर–दोहोर गर्ने प्रमुख मार्ग भएपनि योजना अनुसार समयमा नै निर्माणको काम नसकिंदा सडक जोखिमपूर्ण बन्दै गएको हो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।