ताजा अपडेट »

कृषिमन्त्रीका एकसय दिन : ४४ बुँदे प्रगति विवरण सार्वजनिक

सोमबार, ०५ कार्तिक २०८१, १५ : ४७
28 Shares
सोमबार, ०५ कार्तिक २०८१
28 Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा लक्ष्य अनुसार काम गर्न सकेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानहरूले पाउनुपर्ने रकमको उपलब्ध गराउने सहितका काम गरेको बताएका हुन् । 

यस्तै, उनले नीतिगत सुधारका केही कामहरू पनि थालनी गरेको बताए ।  उनले भने, ‘आगामी दिनमा सांगठनिक र नीतिगत सुधारमै ध्यान केन्द्रित गरिनेछ ।’ कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहज मल, बीउ र बजारको उपलब्धता, कृषि पेसामा युवालाई आकर्षण गराउँदै आधुनिक कृषि प्रणालीका लागि लगानी अभिवृद्धिका लागि काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले सय दिनमा ४४ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।