ताजा अपडेट »

डोनाल्ड ट्रम्पले भने – अमेरिकी जनता ह्यारिसबाट ‘मुक्त’ हुन तयार छन्

सोमबार, ०५ कार्तिक २०८१, १२ : ३१
46 Shares
सोमबार, ०५ कार्तिक २०८१
46 Shares

काठमाडौं । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले मिशिगनमा समर्थकहरूलाई सम्बोधन गरेपछि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पनि र्‍याली गरेका छन्।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पेन्सिल्भेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै भने – अमेरिकी जनता कमला ह्यारिसबाट मुक्त हुन तयार छन् । ट्रम्पले आफ्ना समर्थकहरुलाई सोधे – के उनीहरु चार वर्षपछि राम्रो अवस्थामा छन् ?

अमेरिकी राष्ट्रपति चुनावको अभियान अहिले अन्तिम चरणमा पुगेको छ । यसअघि डेमोक्र्याटिक उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पको स्वास्थ्यमा प्रश्न उठाएकी थिइन् ।मिशिगनमा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा कमला ह्यारिसले भनेकी थिइन्– ट्रम्प चुनावी प्रचारबाट थकित भएकाले मिडियाको अगाडि आउनबाट जोगिन्छन् ।

कमला ह्यारिसले भनिन्, “ट्रम्पसँग अमेरिकाका लागि कुनै योजना छैन। उनी आफैंमा मात्र केन्द्रित छन् । उनी बहसबाट टाढा छन् र आफ्नो अन्तर्वार्ता रद्द गर्दै छन् ।” ट्रम्पलाई निशाना बनाउँदै ह्यारिसले भनिन् – यदि तपाई चुनाव प्रचार गर्दा थाकेको हुनुहुन्छ भने, यसले यो प्रश्न उठाउँछ कि तपाई संसारको सबैभन्दा कठिन काम (अमेरिकाको राष्ट्रपति बन्ने) गर्न पनि सक्षम हुनुहुन्छ कि हुनुहुन्न ?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।