ताजा अपडेट »

अन्तिम खेलमा ८ विकेटको जित दर्ता गर्दै नेपालद्वारा अमेरिका विरुद्ध टी-२० आई सिरिज क्लिन स्वीप

सोमबार, ०५ कार्तिक २०८१, ०९ : १२
128 Shares
सोमबार, ०५ कार्तिक २०८१
128 Shares

काठमाडौं । अमेरिकाविरुद्धको टी–२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १(१ विकेट लिए ।

जबाफी ब्याटिङमा उत्रिएको नेपालकोतर्फबाट ओपनर आशिफ शेखले अर्धसतक प्रहार गरे भने कुशल मल्लले नटआउट ४४ रन, कुशल भुर्तेलले नटआउट ४० रन तथा ओपनर अनिल शाहले १३ रन बनाएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।