ताजा अपडेट »
सडक मानव मुक्त अभियान

मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा

सोमबार, ०५ कार्तिक २०८१, ०८ : ५२
34 Shares
सोमबार, ०५ कार्तिक २०८१
34 Shares

बुटवल । "यसपटककाे चाडपर्वमा, कसैले बस्न नपरोस् सडक पेटीमा" भन्ने भुल भावका साथ मानव सेवा आश्रम ( मानवता प्रवर्द्धन महाअभियान)  र आनी छाेइङ डाेल्मा फाउन्डेसन को संयुक्त प्रयासमा मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा शुभारम्भ भएको छ । मेची महाकाली उद्धार यात्रामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त गायिका आनी छाेइङ् डाेल्मा समेत यात्रीको रूपमा सहभागी हुनुहुन्छ। 

गत असोज  २६ गते  विजयादशमीका दिन  प्रधानमन्त्री निवास बालुवाटार काठमाडौँबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्य ज्यूको शुभ-भावना तथा दसैँको टिका लगाई ४७ जना यात्रुहरू झापाको काँकडभिट्टा तर्फ प्रस्थान गरेका  थिए ।

असोज २७ गतेका दिन मेची पुलमा दीप प्रज्वलन गरी यात्रा को समुद्घाटन गरिएको थियो । यात्रीहरू  करिब ५ दिन काेशी प्रदेश केन्द्रित रहेर सहयाेगापेक्षी सडक आश्रित मानवहरूको उद्धार कार्यमा जुटेर  त्यस क्षेत्रबाट ४३ जना सहयाेगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएको थियो ।

यात्राकै क्रममा यात्रीहरू मधेस प्रदेशका जिल्लाहरू, बाग्मती र गण्डकी प्रदेशका केही जिल्लाको सेवा पश्चात् कार्तिक ७ गते रुपन्देही स्थित  मानव सेवा आश्रमको तिलोत्तमा सेवा केन्द्रमा आउनुहुनेछ । कार्तिक ८ गते रुपन्देहीको तिलोत्तमा, सिद्धार्थनगर, लुम्बिनी र सैनामैना क्षेत्रकाे सडक अवस्था अवलोकन  तथा  सहयाेगापेक्षीहरुकाे उद्धार गरी उहाँहरू सँगै सहभोज कार्यक्रम गरिने भएको छ ।

त्यस्तै कार्तिक  ९ गते बुटवल, देवदह साथै नवलपरासीका विभिन्न क्षेत्रहरूमा सडक सेवा सम्पन्न गरी कार्तिक १० गते यात्रीहरूलाई रुपन्देहीबाट कपिलवस्तु जिल्लाको सेवाको लागी बिदाइ गरिने कार्यक्रम रहेको छ । रुपन्देही , नवलपरासी र कपिलवस्तु क्षेत्रबाट उद्धार भएका सहयोगापेक्षित व्यक्तिहरुलाई  मानव सेवा आश्रम रुपन्देही शाखामा राखिनेछ । 

३२ दिन सम्म हुने उद्धार यात्राको समापन  आगामी कार्तिक २८  गते काठमाडौँ प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

अर्जुनदृष्टि
लेखकको बारेमा
अर्जुनदृष्टि
स्तम्भकार