ताजा अपडेट »

साफ वुमन्स च्याम्पियनसिप : नेपाल र मालदिभ्स भिड्दै, साम्बाले खेल्न सक्ने

सोमबार, ०५ कार्तिक २०८१, ०८ : ००
54 Shares
सोमबार, ०५ कार्तिक २०८१
54 Shares

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपालकी प्रमुख फर्वाडर सावित्रा भण्डारी (साम्बा)ले खेल्ने सम्भावना रहेको छ । यसअघि फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन साम्बा भुटान विरुद्धको खेलमा सहभागी हुन पाएकी थिइनन् । उनीविनै मैदान उत्रिएको नेपाल भुटानविरुद्ध फिनसिङमा चुक्दा गोल गर्न असफल बनेको थियो । उक्त खेल दुबैतर्फबाट गोलरहित बनेको थियो ।

यस्तै त्यस खेलमा दुई खेलाडी घाइते हुनु नेपालक लागि दुर्भाग्य बन्यो । भुटान विरुद्ध घाइते हुँदै मैदान छाडेका डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घुँडाको एसिएलमा चोट रहेकोले उनीहरुले साफको बाँकी खेल गुमाउनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।