ताजा अपडेट »

टी-२० आई सिरिज : अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

सोमबार, ०५ कार्तिक २०८१, ०७ : ४८
62 Shares
सोमबार, ०५ कार्तिक २०८१
62 Shares

बुटवल । अमेरिकाको टेक्सासमा जारी तेस्रो टी-२० मा घरेलु टोली अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।  टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।

अमेरिकाका लागि ओपनिङ ब्याटर मुक्कामल्लले सबैभन्दा बढी ६८ रन जोडे। १८औं ओभरमा सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर तथा कप्तान मोनाक पटेल २ रनमा एलबिडब्लूको धरापमा परे। उनलाई पनि सोमपालले दोस्रो ओभरमा सिकार बनाएका थिए। 

464065394_978204527669261_3310322565011023202_n

अघिल्लो खेलमा अर्धशकत प्रहार गरेका आन्द्रेस गस २ रनमा आउट हुँदा आरोन जोन्सले १३ रन मात्र जोड्न सके भने मिलिन्ड कुमारले अविजित ४३ रन जोडे। उनले ३५ बलमा ४ चौका प्रहार गरे। हर्मित सिंहले ३ बलमा नटआउट १० रन मात्र बनाए। 

बलिङमा नेपालका सोमपाल कामीले चार अाेभर बलिङ गर्दै २७ रन खर्चेर ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट हात पारे।

यसअघिका दुई वटै खेल जित्दै नेपालले सिरिज जितिसकेको छ। यो खेल पनि जित्दै नेपालले सिरिज क्लिनस्विप गर्ने याेजनामा छ। यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।