ताजा अपडेट »

वामि विश्व सम्पर्क मन्चको आयोजनामा चौथो नौमति सांस्कृतिक महोत्सव

आइतबार, ०४ कार्तिक २०८१, २१ : १३
40 Shares
आइतबार, ०४ कार्तिक २०८१
40 Shares

गुल्मी । वामि विश्व सम्पर्क मन्चको आयोजनामा चौथो नौमति सांस्कृतिक महोत्सव तथा २ दिने वामि मेला कार्तिक ३ र ४ गते मुसिकोट नगरपालिका ७ वामिमा सम्पन्न भएको छ।

लोपहुँदै गएका लोकबाजा तथा लोक संस्कृतिलाइ संरक्षण गर्ने र गाउँ घरबाट लोपहुँदै गएका चर्के पिङ लिङे पिङ जस्ता मनोरञ्जनका साधन मार्फत दर्शकहरुलाइ मनोरञ्जन प्रदान गरिएको वामि विश्व सम्पर्क मन्चका अध्यक्ष बैकुण्ठ रायमाझीको जानकारी दिए।

संस्कार जागरण समुह वामीटक्सारको भजन, मुसिकोट नगरपालिका ७ पल्टारको हेम्पाई नृत्य, नेवार समुदायको लाखे नाँच, सवडागाउँको सरायँ नाच, मालारानीको ठाडो भाका, वामी मैदानको सोरठी नृत्य लगायत अन्य विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । महोत्सवमा समग्र मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न समुदायका संस्कृतीहरुको समिश्रण सहित स्थानीय विभिन्न संस्कृतीहरु प्रस्तुत गरिएको थियो ।

महोत्सवमा नौमती बाजा प्रतियोगीता तर्फ १३ समुहले सहभागीता जनाएका थिए । जसमध्ये खड्क कालिका नौमती बाजा समुह प्रथम, गुल्मी मालिका बाजा समुह बुटबल द्धितिय, आँपचौर पञ्चेबाजा समुह मु।न।पा ५ तृतीय भएका छन् भने उत्कृष्ट सहनाई बादक तर्फ आँपचौर पञ्चेबाजा समुहका सुजीन परियार उत्कृष्ट भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।