ताजा अपडेट »

साहसी कदम नेपाल रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा हसिना क्षेत्री

आइतबार, ०४ कार्तिक २०८१, १६ : १८
64 Shares
आइतबार, ०४ कार्तिक २०८१
64 Shares

बुटवल । साहसी कदम नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार साहसी कदम नेपाल रुपन्देहीको पाँचौ साधारणसभाले हसिना क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

]जसको उपाध्यक्षमा  सरोजी थापा, सचिवमा रिना राना मगर, कोषाध्यक्षमा अबन्तीका घर्ती मगर सर्वसम्वत रुपमा चयन भएका छन् । यस्तै सदस्यमा मुस्कान क्षेत्री, विनिता साई, रेखा थापा, विनोद वि.क. र दुर्गा थापा चयन भएका छन् । 
नवनियुक्त अध्यक्ष हसिना क्षेत्रीले साहसी कदमलाई अझ व्यवस्थित र प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् । 

साधारणसभा कार्यक्रम सरोजी न्यौपानेको अध्यक्षता, अवन्तीका घर्तीको स्वागत र टेक्नीकल एडभाइजर रेशम थापाल संचालन गरेका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।